Above Article Ad
  • फुटबल प्रतियोगिताको उपाधी आयोजक नवोदयलाई

    Above Article Content Ad
  • पुनर्वास– नव वर्ष २०८० को अवसरमा बैशाख २ गते देखि कञ्चनपुरको पुनर्वास-९ सिताबस्तीमा आयोजित प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

    शुक्रबार बिचफाँटाको खेल मैदानमा आयोजक नवोदय युवा क्लब र न्यु भानु युवा क्लब बीच भएको फाईनल खेलमा आयोजक टिम विजेता भएको हो ।

    Article inline ad #1
  • खेलमा भानु युवा क्लबलाई १ का विरुद्ध २ गोल प्रहार गर्दै आयोजक नवोदय युवा क्लबले खेलको उपाधी हात पार्दै नगद १ लाख १० हजार १ सय १० रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने, उपविजेता  बनेको न्यु भानु युवा क्लबले नगद ५५ हजार ५० रकम सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्‍यो ।

    Article inline ad #2

    प्रतियोगिता अवधि भरि सबैभन्दा बढी गोल गर्ने राम युवा क्लबका रुपचन तामाङलाई नगद रु. ५ हजारसहित ट्रफी प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक आयोजक नवोदयका कुम्भ देउवालाई नगद रु. ५ हजार सहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा बेष्ट फर्वाडको उपाधि आयोजककै सिमल ओलीलाई पनि नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको क्लबका अध्यक्ष कर्ण बहादुर ऐडीले बताउनु भयो ।
    फुटबल प्रतियोगितामा आयोजकका ३ सहित २१ टिमको सहभागिता रहेको थियो ।

    समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा ‘पातल’ ले खेलकुदको क्षेत्रमा पुनर्वास अग्र पङ्क्तिमा रहेको उल्लेख गर्दै खेलका अन्य विधालाई पनि अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले खेलकुदका गतिविधिलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा वडा अध्यक्ष नर बहादुर बिक सहित वडा सदस्यहरू, निवर्तमान वडा अध्यक्ष नारायण जैसी लगायत खेलकुद क्षेत्रमा क्रियाशील व्यक्तिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी समेतको आतिथ्यता रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button