दशैको मुखैमा अमेरिकामा रहेका शिवले सम्झिए जन्म गाउँका जेष्ठ तथा एकल महिलालाई
पुनर्वास– विगत लामो समयदेखि संयुक्त राज्य अमेरिकामा कर्मथलो बनाई बस्दै आएका पुनर्वासका शिव बिष्टले आफ्ना गाँउका जेष्ठ तथा एकल महिलालाई सम्मान गरेका छन् ।
बिहिबार राडा नेपाल मार्फत एक कार्यक्रमको आयोजना गर्दै गाँउकै ३५ जना जेष्ठ तथा एकल महिलाहरुलाई सल र धोती वितरण गर्दै सम्मान गरिएको थियो । राडा नेपालका अध्यक्ष राजेन्द्र सिँह धामीको सभाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य ईन्दु कडरियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम रोकाया रहनुभएको थियो । त्यस्तै अतिथीमा निर्वतमान उपप्रमुख शारदा बिष्ट,पुनर्वास–५ का निर्वतमान वडाध्यक्ष बिरबहादुर बोगटी, समाजसेवी विश्वनाथ बिष्ट लगायतका व्यक्तित्वहरु रहनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य कडरीयाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गर्नु हामी सबैको दायित्व हुने बताउनुभयो । जेष्ठ नागरिक भनेको आकाशका जुनतारा झै हुन् । बालक र जेष्ठ नागरिक भनेको एउटै रुप भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो शिवले समाजलाई केहि परिवर्तन गर्नुपर्छ भन्ने सोचले सहयोग गरेका छन्, उनको सहयोगको उच्च कदर गर्दै तपाईहरुको आर्शिवाद लागे आगामी दिनमा पनि यस्ता सहयोग आईरहन्छन् ।
कार्यक्रमका बिशिष्ट अतिथी वडाध्यक्ष रोकायाले जेष्ठ तथा एकल महिलाहरुलाई आफु अमेरिकामा हुँदा पनि गाँउका बुढा आमाहरुलाई सम्झेर सम्मान गर्नुभएकोमा हृदय देखि नै धन्यवाद प्रकट गर्नुभएको थियो ।
त्यसैगरी निर्वतमान उपप्रमुख बिष्टले राडा नेपालको अध्यक्षमा रहँदा शिवले बजारको सौन्दर्यका लागि विभिन्न प्रजातीका बिरुवा बृक्षरोपण, विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा लगायतका विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको बताउनुभयो । उहाँले जेष्ठ नागरिकको आर्शिवाद हाम्रो लागि मार्गदर्शकको रुपमा हुने, आगामी दिनमा दिनदुखी, विपन्न र जेष्ठ नागरिक तथा एकल महिलाको पक्षमा सम्मानका लागि सहयोग आईरहने बताउनुभयो । निर्वतमान वडाध्यक्ष बोगटीले गाँउका जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गर्नुभएकोमा अमेरिकामा बस्दै आउनुभएका शिव बिष्टलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । सहयोगी दाता बिष्टका बुवा बिश्वनाथ बिष्टले विगतमा गरेका गतिविधि अविस्मरणीय छन्, हामीलाई धेरैले पुनर्वासमा ठुलाठुला घर बनाउनुभन्दा काठमाडौ जस्तो शहरमा बस्नुपर्छ जस्ता अनेकौ कुरा सुनाईरहेका हुन्छन् भन्नुभयो । उहाँले आफ्नो भन्दा आफ्ना गाउँबासीहरुको चिन्ता रहेकाले समाजमा शैक्षिक सुधारमा आफु लागिरहेको बताउनुभयो ।
कार्यक्रममा सहयोगी दाता शिव बिष्टका बुवाआमा,दिदि भिनाजु र धर्मपत्नीबाट जेष्ठ तथा एकल महिलालाई सम्मान गरिएको थियो । राडा नेपालका सचिव रुपेश खरेलको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमलाई सञ्चालन कोषाध्यक्ष नबिन कुमार तिमिल्सेनाले गर्नुभएको थियो ।