Above Article Ad
  • पुनर्वास उद्योग वाणिज्य संघद्वारा बडा दशै,दिपावली तथा छठको शुभकामना आदानप्रदान

    Above Article Content Ad
  • पुनर्वास
    पुनर्वास उधोग बाणिज्य संघ द्वारा बिजयादशमी, तिहार एबं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
    पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष कृष्णबहादुर तामाङको सभापतित्व तथा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा
    को प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना कार्यक्रममा
    स्वागत उधोग बाणिज्य संघ बाणिज्य उपाध्यक्ष खेमराज लामिछाने गरेका थिए ।
    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले आउदै गरेको बडा दशै तिहार र छठ पर्वलाई सरल तथा शान्तिपूर्ण तवरले हर्षउल्लाहसका साथ मनाउनुपर्ने बिषयमा जोड दिएका थिए ।
    पर्व लाई संस्कृतिको रूपमा मनाउनुपर्ने र यसलाई कसैले पनि विकृतिको रूपमा मनाउन नहुने भनाईहरू व्यक्त गरेका थिए ।

    पछिल्लो समय चाडपर्वमा रमाइलो को बहानामा अत्यधिक मापसे गरी सवारीसाधन चलाईने प्रवृत्ति देखिन आएको ले यस्ता विकृति पुर्ण व्यवहारले समाजमा अपराध को वातावरण सृजना हुने भएकोले सम्पूर्ण सरोकार पक्षले ध्यान पुर्याउन जरुरी रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरी निरिक्षक नरेशराज मल्लले आफ्नो भनाइ राख्नुभयो ।

    Article inline ad #1
  • – विज्ञापन –

    स्वागत मन्तव्य राख्दै उपाध्यक्ष लामिछानेले भने केही बर्ष यता नेपाली व्यापारी हरूको व्यापार व्यबसाय धरासायी हुनेक्रम छ पछिल्लो समय न्यून कारोबार का कारण स्थानीय व्यापारी हरू विस्थापित हसने अवस्थामा पुगेको ले स्थानीय सरकार र उधोग बाणिज्य ले व्यापारी हरूको समस्या लाई समाधान तर्फ ध्यान दिनुपर्ने बताए ।

    Article inline ad #2

    शुभकामना मन्तव्य राख्दै पुनर्वास जनता क्याम्पस अध्यक्ष पदमबहादुर थापा ले भन्नुभयो चाडपर्व हुनेखाने र पुँजीपति का लागि मात्रै देखिन गएको छ गरिबका लागि चाडपर्व मनाउन गार्‍हो हुँदै गएको बिषयलाई मनन गर्नुपर्ने कुरा औंल्याउनुभयो । देखासिखी र महङ्गो प्रतिस्पर्धात्मक परिपाटीले गरिब परिवारलाई चाडपर्व मनाउन समस्या उत्पन्न हुनेगरेको ले यसलाई संस्कृतिको रूपमा सरल र सभ्यता का साथ मनाउनु उपयुक्त हुने थापाले आफ्नो भनाई राख्नुभयो ।

    सो अवसरमा शुभकामना मन्तव्य राख्दै पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिवनराज थापा ले
    नगरपालिका मा शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ , दशै पर्वलाई कसरी सहज ढङ्गबाट मनाउन सकिन्छ भन्ने बारे हामी सरोकार का मान्छे हरूले चिन्तन लिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
    नगर प्रमुख तोया प्रसाद शर्माले चाडपर्व मा हुने सम्भावित विकृति लाई न्युनिकरण गर्ने सबैले आ- आफ्नो स्थानबाट भुमिका निर्वाह गर्नुपर्ने बताए वहाले चाडपर्वमा शान्तिसुरक्षा बनाई राख्न प्रहरीलाई बिशेष सतर्कता तर्फ ध्यान दिन निर्देशन समेत दिनुभयो ।

    चाडपर्वमा घरायसी सरसामान किनमेल पनि तुलनात्मक रूपमा बढनु स्वभाविक हो तर स्थानीयले स्वदेशी बजारलाई उपेक्षा गरि सिमावर्ति भारतिय बजारमा किनमेल गर्ने को बिषय अत्यन्तै निन्दनीय रहेको पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष कृष्णबहादुर तामाङ ले बताउनुभयो । चाडपर्व मा सामान्य किनमेल गर्न पनि नेपालीहरू छिमेकी भारतीय बजारमा जाने प्रवृत्तिले स्वदेशी व्यापार व्यवसाय हरू मर्कामा पर्ने गरेको अध्यक्ष तामाङले बताए । स्थानीय सरकारले स्वदेशी बजारमै कारोबार गर्ने वातावरण सृजना गर्नका निमित्त जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने र सिमामा खटिने सशस्त्र प्रहरीले यसलाई न्युनिकरण गर्न निगरानी बढाउनुपर्ने उनले बताए ।
    छिमेकी भारत का बजारहरूमा किनमेल गर्ने नेपाली हरूको यतिबेला घुईचो छ तर स्वदेशी बजारहरूमा सुन्यप्राय हुदै आएको एक व्यापारीले बताए । छिमेकी बजारहरूबाट गुणस्तरहिन अखाद्य सामान पेय पदार्थ हरू भित्रिने गरेका छन यसलाई नियन्त्रण गर्न सिमामा खटिने सशस्त्र प्रहरी , जनपद प्रहरी ले कुनै पहल नगरेको व्यापारी हरू बताउँछन् ।

    स्वागत मन्तव्य राख्दै बाणिज्य उपाध्यक्ष लामिछानेले भने केही बर्ष यता नेपाली व्यापारी हरूको व्यापार व्यबसाय धरासायी हुनेक्रम छ पछिल्लो समय न्यून कारोबार का कारण स्थानीय व्यापारी हरू विस्थापित हुने अवस्थामा पुगेको ले स्थानीय सरकार र उधोग बाणिज्य ले व्यापारी हरूको समस्या समाधान तर्फ ध्यान दिनुपर्ने कुरा बताए ।

    अधिकांश भुभाग भारतीय सिमा संग जोडिएको पुनर्वासको सिमा रक्षाको जिम्मेवारी बहन गर्दै गर्दा हामिबाट हुने कमि कमजोरी प्रति औंल्याईदिनु हुन सशस्त्र प्रहरी बल का प्रहरी निरिक्षक एरी भट्ट ले अनुरोध गर्दै सबैले सुझाव सल्लाह दिनुपर्ने बताए ।

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सोमराज बराल ,
    पुनर्वास उधोग बाणिज्य संघ निवर्तमान अध्यक्ष तथा नेपाल ईटा महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष बिरबल बिस्वकर्मा ,
    वडा अध्यक्ष राना श्रवण , पुनर्वास निवर्तमान उप प्रमुख सारदा बिष्ट , संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय उपाध्यक्ष शर्मिला बागचन्द लगायत ले शुभकामना आदान प्रदान कार्यक्रममा आफ्ना भनाइ हरू व्यक्त गरेका थिए ।
    कार्यक्रम को सञ्चालन संघका कार्यालय सचिव बिमल बिस्वकर्माले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by