बाढीले पुनर्वासको सिमरी गाउँ जलमग्न, धनगढी जोड्ने सडक खण्ड अवरुद्ध
पुनर्वास- दुई दिन देखि लगातार परेको वर्षाले कंचनपुरको पुनर्वासमा बाढी आएको छ ।
शनिबार बिहान करिब ९ बजेतिर एक्कासी आएको बाढीले पुनर्वास-५ को सिमरी गाउँ, रातोताल पुर्ण डुबानमा परेको हो ।
बाढीको सतह बढ्दै गएपछि पुनर्वास- धनगढी जोड्ने सडक खण्डमा आवत जावत बन्द गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।
प्रहरी निरीक्षक मल्लका अनुसार डुबान रहेको सिमरी गाउँका स्थानीयहरु सुरक्षित स्थान तर्फ जानेक्रम र समस्या परेको अवस्थामा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस डुबान क्षेत्रमा तैनाथ अवस्थामा रहेको बताए ।
रातोतालमा पनि वरपर जलमग्न छ भने स्थानीयहरु टाकुरा नजिक बसिरहेको
डुबान क्षेत्रमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा र पुनर्वास नगरपालिका-५, ६,२ का जनप्रतिनिधि समेत पुगेका छन् ।