Above Article Ad
  • त्रिनगर नाकामा सुरक्षाकर्मीकै रमिता : प्रहरीले चौकीबाट छाडेको सामान फेरि सशस्त्रको फन्दामा

    Above Article Content Ad
  • धनगढी -कैलालीको धनगढीस्थित त्रिनगर नाकामा भन्सार छलिको सामानलाई प्रहरी चौकीबाटै छुट दिइएको आरोप सार्वजनिक भएको छ ।
    त्रिनगर प्रहरी चौकीले नियन्त्रणमा लिएको भनिएको अवैध सामान पुनः बाहिर भेटिएपछि घटनाले नयाँ विवाद निम्त्याएको हो।

    स्रोतका अनुसार वरिष्ठ सई रामसिंह बोहराको कमाण्डमा रहेको त्रिनगर प्रहरी चौकीले क्यारिङ गरेर ल्याइएको सामान छाडेको आरोप लागेको छ । हाल सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान दोस्रो मुलुकबाट ल्याउँदा अनिवार्य रूपमा भन्सार गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरिरहेको अवस्थामा त्रिनगर प्रहरी चौकीबाट भने भन्सार छलिलाई संरक्षण दिएको आशंका गरिएको छ।

    बिहीबार सशस्त्र प्रहरी बल नेपालका कर्मचारीले नाका क्षेत्रमा क्यारिङ गर्ने एक महिलालाई भन्सार छलिको सामानसहित नियन्त्रणमा लिन खोजेका थिए । त्यसक्रममा ती महिला भागेर त्रिनगर प्रहरी चौकीभित्र पसेकी थिइन्।

    Article inline ad #1
  • सशस्त्र प्रहरीले उक्त सामान भन्सार छलिको भएको भन्दै नियन्त्रणमा लिन प्रहरीसँग आग्रह गरेको थियो । तर सामान नियन्त्रणको विषयमा प्रहरी र सशस्त्रबीच विवाद भएको स्रोतको दाबी छ। पछि “अन्ततः सामान भन्सारमै बुझाउने हो” भन्दै सशस्त्र प्रहरीले सामान प्रहरी चौकीमै छाडेको बताइएको छ।

    Article inline ad #2

    तर प्रहरी चौकीमा राखिएको त्यही सामान शुक्रबार पुनः धनगढी चौराहातर्फ अटोमा ल्याइरहेका बेला मिलनचोक नजिक रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट बरामद गरिएको छ।

    प्रहरी चौकीभित्र राखिएको सामान ती महिलाले कसरी फिर्ता पाइन् भन्ने विषय अझै खुल्न सकेको छैन । चौकीमै राखिएको सामान फेरि बाहिर भेटिनुलाई असामान्य घटनाका रूपमा हेरिएको छ।

    स्रोतका अनुसार बरामद गरिएको सामान करिब ४० हजार रुपैयाँ बराबरको कपडाको एक बोरा रहेको छ। त्रिनगर प्रहरी चौकीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई बोहरा दुई महिनाअघि मात्रै खटाइएका थिए। उनी ६ महिनाका लागि पठाइएका भए पनि छोटो समयमै विवादमा तानिएका छन्।

    यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख डीएसपी योगेन्द्र तिमिल्सिना ले घटनाबारे जानकारी पाएको बताउँदै थप विस्तृत बुझ्ने प्रतिक्रिया दिएका छन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6