Above Article Ad
  • राष्ट्रिय सभा सदस्य कडरीयाद्वारा जेहन्दार र न्यून अवस्थाका ५३ बिधार्थीहरुलाई स्विटर वितरण

    Above Article Content Ad
  • पुनर्वास– राष्ट्रिय सभा सदस्य माननीय ईन्दु कडरीयाले जेहन्दार र न्यून अवस्थाका विधार्थीहरुलाई स्विटर वितरण गर्नुभएको छ ।
    बुधबार पुनर्वास नगरपालिका–६ मा अवस्थित संस्थागत विधालय युगज्योति एकेडेमीका ५३ जना जेहन्दार र न्यून अवस्थाका विधार्थीहरुलाई स्विटर वितरण गर्नुभएको हो ।

    बिधालयका संस्थापक विश्वनाथ बिष्टको सभापतित्व तथा पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामाको प्रमुख आतिथ्तामा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरु अतिथीमा हुनुहुन्थ्यो ।

    Article inline ad #1
  • प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै वडाध्यक्ष मित्र सिँह लामाले चिसोको मौषम बढिरहेको अवस्थामा बिधार्थीहरुको समस्या समाधानमा देखाउनुभएको माननीयको कार्यको प्रशंसासँगै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
    उहाँले विधार्थीहरुले अनुशासनमा रहनुपर्ने कुराको स्मरण गराउँदै बढ्दो लागुऔषध दुव्र्यसनी प्रति बिधार्थीहरुलाई सचेत गराउन प्रत्येक शिक्षकले ५ मिनेटको समय जनचेतनामूलक शिक्षा तर्फ जोड दिन आवश्यक रहेको बताउनुभयो ।

    Article inline ad #2

    त्यस्तै, बिधालयका संस्थापक बिष्टले माननीय ज्युको सहयोग प्रति धन्यवाद व्यक्त गनर््ुहुँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास राखेको बताउनुभयो ।

    उहाँले अध्यक्ष ज्यूले दिएको सुझाव सल्लाहको आफु र शिक्षकले फ्लोअपमा जाने जानकारी दिनुभयो ।

    Open photoOpen photo

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by