Above Article Ad
  • कैलाली कारागारमा हरिसिंहको रहस्यमय मृत्युपछि डडेल्धुरामा राजमार्ग बन्द

    Above Article Content Ad
  • धनगढी : कैलाली कारागारमा २८ वर्षीय हरिसिंह पालीको हत्या गरिएको भन्दै डडेल्धुरामा राजमार्ग बन्द गरिएको छ।

    डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का पालीको प्रहरीले कुटपिट गरेर हत्या गरेको भन्दै राजमार्ग बन्द गरिएको हो। उनको सोमवार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीका शरीरमा निलडाम छन्। उनको टाउँकोको पछाडीबाट रगतसमेत आएको छ।

    Article inline ad #1
  • उनलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। पक्राउपछिको दुई दिनमै उनको कैलाली कारागारमै मृत्यु भएको हो।

    Article inline ad #2

    मृतकका काका पदम सिंह पालीले प्रहरी नायब निरीक्षक हरिजित नाथमाथि रकम मागेको आरोप लगाएका छन्। उनले असार २ गते मात्र हरिजित नाथकै खातामा ८५ हजार रुपैयाँ ट्रान्सफर गरेको बताए। उनले भने, ‘हामीले ८५ हजार पठाएका थियौ। तर, त्यसपछि प्रहरीको वर्दीको आडमा उनीमाथि यति धेरै दमन गरियो कि शरीरभर निलडाम थिए, टाउकाबाट रगत बगेको थियो।’ यसअघि पनि हरिजितले महेन्द्रनगरमा दुई घण्टा हिरासतमा राखेर बार्गेनिङ गरेर छोडेका परिवारका सदस्यले आरोप लगाएका छन। प्रहरीले पालीलाई निजी सवारी प्रयोगमा डडेल्धुराबाट कैलाली ल्याइएको हो।

    उनको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। शवमा कुटपिटको निलडाम रहेको भिडियोसमेत सार्वजनिक भएको छ। आफन्तहरूले सत्यतथ्य नखुलेसम्म र दोषीलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। तर, कैलाली कारागारका जेलर वसन्त खत्रीले भने राति साढे १० बजेतिर शौचालयमा लडेको खबर सुरक्षा गार्डले गरेका बताएका छन्।

    त्यसपछि कारागारमा कार्यरत अहेवलाई पठाइएको थियो। घटना गम्भीर देखिएपछि सेती अस्पताल लगिएको थियो। राति १२ः१५ मा उनको निधन भएको हो। पाली १ गते मात्रै कारागार आएका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6