
बसमा चालक आफैँले आगो लगाएको आशंका, गम्भीर घाइते
Above Article Content Ad
काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् । सोमबार (असोज ५) मध्याह्न राहदानी विभागअगाडि बस स्टपमा गाडीमा आगो लागेको प्रहरीले जनाएको छ ।
रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको बसमा आगो लागेको हो । त्यो मूलपानी–थानकोट रुटमा चल्ने गाडी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
Article inline ad #1
घाइते भएका चालक २५ वर्षीय दावा लामाको अवस्था गम्भीर छ । उनलाई उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए ।
आगो लाग्दा चालक लामा बसभित्रै थिए । उनैले आगो लगाएको प्रहरीको आशंका छ ।
Article inline ad #2
“१२ः१५ बजेतिर हो, त्यहाँ रोकिएको बसमा । बस चालक भित्रै थिए, उनैले लगाएको भन्ने प्रारम्भिक आंशका छ,” एसपी थापाले भने, “उनी घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेछ, अलि गम्भीर छ अवस्था ।”
बसमा आगो लाग्दा भित्र चालक मात्र थिए । त्यति बेला कोही यात्रु बसभित्र नभएको उनले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















