
असिनापानीले सुदूरपश्चिमका पहाडी जिल्लामा बाली सखाप
Above Article Content Ad
महेन्द्रनगर । सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी परेपछि बालीनाली सखाप पारेको छ । असिना पानी परेर बालीनाली सखाप पारेपछि किसान चिन्तित बनेका छन् । डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन् ।
खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको छ । पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन् । साँझ परेको पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ । फागलाहरुमा काटेको खर भिजेर नष्ट भएको छ ।
Article inline ad #1
बैतडीको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका लगायतका स्थानमा असिनाले बालीनालीमा क्षति पुर्याएको डिलाशैनी ७ का स्थानीय प्रदीप जोशीले बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad