Above Article Ad
  • महाकाली नदीमा पानीको बहाव बढेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन बन्द

    Above Article Content Ad
  • कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेर १ लाख ८ हजार ९ सय ९२ क्यूसेक पुगेपछि नेपाल–भारत सीमा जोड्ने बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको छ।

    पानीको बहाव बढेपछि सुरक्षाको दृष्टिले मंगलबार बिहान ६ बजेदेखि बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत रोकिएको जनाइएको छ।

    Article inline ad #1
  • महाकाली नदीमा पानीको सतह तथा बहाव बढेसँगै बनबासा पुलमा आवतजावत प्रभावित भएपछि नेपाल–भारत सीमा हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन आग्रह गरिएको छ।

    Article inline ad #2

    सम्बन्धित सबैलाई पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको जानकारी गराउँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6