
गंगा जमुना सामुदायिक वन उपभोत्ता समुहको सातौं साधारण सभा सम्पन्न
पुनर्वास- गंगा जमुना सामुदायिक वन उपभोत्ता समुहको सातौं साधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनले साधारण सभा मार्फत गत आर्थिक बर्ष २०७९/८० मा ४ लाख ६१ हजार ६ सय ५० रुपैया बराबरको आयब्यय प्रस्तुत गरेको हो ।
गत आर्थिक बर्ष २०७९/८० मा ११ हजार ८ सय ९५ रुपैया बचत भएको गंगा जमुना सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष अस्तुनी चौधरीले बताउनुभयो ।
यस्तै गंगा जमुना सामुदायिक वन उपभोत्ता समुहले आर्थिक बर्ष २०८०/८१ मा ४ लाख रुपैयाको आनुमानित आयब्याय समेत प्रस्तुत गरेको थियो । गत आर्थिक बर्ष २०७९/८० मा गंगा जमुना सामुदायिक बन उपभोक्ता समुहले काठेपुलबाट १ लाख ८ हजार १० रुपैया, घाँस/दाउरा बिक्रिबाट २३ हजार ९ सय २० रुपैया आम्दानी गरेको समुहको कोषाध्यक्ष सरिता चौधरीले जानकारी दिनुभयो ।
यस्तै सि.एफ.सि.सि.ले २ लाख ७६ हजार उपलब्ध गराएको थियो भने जनश्रमदान बाट ५३ हजार ७ सय २० रुपैयाँ आम्दानी भएको गंगा जमुना सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ। यता सामुदायिक वनले मेसवायर तार जाली निर्माणमा ३ लाख २९ हजार ७ सय २० रुपैया खर्च गरेको छ । यस्तै अन्य शिर्षकमा बाकी रकम खर्च भएको छ। साधारण सभामा प्रमुख अतिथिको रुपमा पुनर्वास ११ का वार्ड अध्यक्ष तुलसी अर्याल रहनु भएको थियो । यस्तै कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव, वन सरक्षणकर्मी, प्रहरी, पत्रकार, उपभोक्ता समुह, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।