Above Article Ad
  • बेलौरी स्थित सीमावर्ती बजारमा भारतीय एसएसबीद्धारा नेपाली क्यारिङकर्ता महिलालाई कुटपिट

    Above Article Content Ad
  • कञ्चनपुर।  कञ्चनपुरको बेलौरी स्थित सीमावर्ती बजारमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) द्धारा नेपाली क्यारिङकर्ता महिलालाई कुटिएको बताइएको छ।

    भारतीय बजार खजुरियाबाट सामान ल्याउने क्रममा पिल्लर नम्बर ८ र ७ को बीचमा बेलौरी नगरपालिका ६ की महिला कुटिएको घटना बाहिरिएको हो। माघ २० गते शनिबार बिहान खजुरियाबाट फर्किने क्रममा बेलौरी नगरपालिका-६ रिछाहाकी शान्ती राना (जानु) माथी एसएसबीले कुटपिट गरेको स्थानीय व्यवसायीले बताएका छन। गालीगलौज गर्दै एसएसबीले उनीमाथि निलडाम बस्ने गरि निर्घात कुटपिट गरेका थिए ।

    रानाको पिठ्यु, कम्मर र खुट्टामा निल डाम बसेको छ। उनीसंगै रहेका अन्य १४ जना महिला क्यारिङकर्ता माथि पनि एसएसबीले दुव्र्यवहार गर्दै समान जफत गरेको व्यवसायीको भनाइ छ । कुटपिट पछि घटना दुई देशका व्यापारी र सुरक्षा निकायका प्रतिनिधि बसेर थामथुम पारिएको छ । घटना पछि उद्योग बाणिज्य संघ बेलौरी, खजुरीया व्यापार मण्डली र दुई देशका सुरक्षा निकायका प्रतिनिधि बसेर कुटपिट गर्नेलाई विभागिय कारवाही गरेर उपचारका लागि क्षतिपुर्ती दिने गरी घटना मिलाइएको बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बताए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by