Above Article Ad
  • कञ्चनपुर कारागारबाट कैदी बन्दी भगाउन संलग्न तीन जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुर कारागारबाट कैदी बन्दीहरू भगाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागार परिसरमा प्रवेश गरी कैदी बन्दीहरू बाहिर निकाल्ने कार्यमा उनीहरू संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार कारागार प्रशासनलाई चुनौती दिँदै कैदीहरू बाहिर निकाल्ने गतिविधिमा संलग्न रहेको प्रमाण भेटिएपछि तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेकाहरूको परिचय हाल गोप्य राखिएको प्रहरीले जनाएको छ.

    Article inline ad #1
  • पक्राउ परेकाहरूको बयानका आधारमा घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए। “भदौ २४ गते भएको घटनामा संलग्नहरूको पहिचान र पक्राउका लागि अनुसन्धान जारी छ,” उनले भने।

    Article inline ad #2

    प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कञ्चनपुरमा पेस गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

    गत भदौ २४ गते कञ्चनपुर कारागारबाट ३५७ जना कैदी बन्दी बाहिर निस्किएका थिए। तीमध्ये २९४ जना आफैँ कारागारमा फर्किएका थिए भने ६३ जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार चलान गरेको थियो। हालसम्म पनि ९८ जना कैदी बन्दी फरार रहेका छन्, जसमध्ये १७ जना छिमेकी मुलुक भारतका नागरिक रहेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by