Above Article Ad
  • सेती-महाकाली ईटा उधोग व्यवसायी संघ को २२ औ साधारणसभा तथा ९ अधिवेशन सम्पन्न

    Above Article Content Ad
  • २९ असोज,धनगढी
    सेती महाकाली ईटा उधोग व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको २२ औ साधारणसभा तथा ९ अधिवेशन धनगढीमा सम्पन्न भएको छ साधारणसभा बाट मनोज कुमार महतो लाई अध्यक्ष मा निर्वाचित गरिएक‍ो छ ।
    नव निर्वाचित समितिको उपाध्यक्षद्वयमा मुक्ति प्रसाद सुवेदी
    जगत राम चौधरी , महासचिवमा यज्ञराज जोशी , सचिव राज्जित शाह कोषाध्यक्षमा कृष्णराज पाण्डेय , सह- कोषाध्यक्षमा किरण जोशी सदस्य हरू राजु भट्राई , जोगेन्द्र यादव (असोक) सुनिल थापा ( बिष्णु ),टेकबहादुर बोहरा र धिरेन्द्र साउँद सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत कृष्णबहादुर तामाङले जानकारी दिनुभयो ।
    संघका अध्यक्ष मनोज कुमार महतोको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ईटा उधोग महासंघ सुदूरपश्चिम प्रदेश संयोजक बिरबल बिरबल बिश्वकर्मा प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि को आसनबाट बोल्दै संयोजक बिस्वकर्माले ईटा उधोगि हरूका बिबिध समस्या , चुनौती र सम्भावनाका बिषयमा चर्चा गर्नुभएको थियो । पछिल्लो समय आर्थिक मन्दी , बैंकको चर्को ब्याज तथा सरकारको दोहोरो कर का कारण ईटा उधोगिहरूले मार खेप्नुपरेको संयोजक बिस्वकर्माले बताउनुभयो । ईटा उधोगिहरूले उत्पादनमा गुणस्तर ल्याउनुपर्ने र मुल्य मा पनि एकरूपता ल्याउनुपर्ने संयोजक बिस्वकर्माले उधोगिहरूलाई सुझाव दिनुभयो ।
    कार्यक्रममा बिशिस्ट अतिथि तथा ईटा उधोग महासंघ केन्द्रीय सल्लाहकार सदस्य बलदेव सिंह बुडालले ईटा उधोगिहरूले सरकारलाई दिंदै आएको करबाट मुलुकको विकास मा टेवा पुग्ने गरेको भएपनि उधोगि हरूको समस्या प्रति सरकार गम्भीर नभएको गुनासो गर्नुभयो ।
    सुदूरपश्चिममा हाल ५० ईटा उधोग सञ्चालनमा रहेपनि संघमा ३० उधोग मात्र आबद्ध रहदै आएको महासचिव बेद प्रशाद अर्यालले बताउनुभयो ।
    सो अवसरमा प्रमुख अतिथि बिशिस्ट अतिथि , केन्द्रीय पदाधिकारी एबं महासंघ बाट बिदाइ हुने निवर्तमान पदाधिकारी ज्यु हरू तथा पत्रकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।
    कार्यक्रम को सञ्चालन संघका महासचिव मुक्ति प्रसाद सुवेदीले गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button