Above Article Ad
  • कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना मृत

    Above Article Content Ad
  • धनगढी-कैलालीमा छातीमा गोली लागेको अवस्थामा एक जना मृत भेटिएका छन् । मृत भेटिनेमा बर्दगोरिया गाउँपालिका–३ बौनियाका अन्दाजी ४५ वर्षीय पदम विश्वकर्मा रहेका छन् ।

    प्रहरीकाअनुसार उनी मंगलबार साँझ साढे ८ बजेतिर स्थानीय लालीगुुँरास सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन् । उनी मृत भेटिएको स्थानमा भरुवा बन्दुक पनि फेला परेको छ ।

    Article inline ad #1
  • इलाका प्रहरी कार्यालय सडकपुर बौनियाकाअनुसार उनको देव्रे हातको छातीतर्फको भागमा गोली लागेको जस्तो देखिने घाउ रहेको पाइएको छ ।

    Article inline ad #2

    प्रहरीले घटनास्थलमा भेटिएको भरुवा बन्दुक बरामद गरि घटनाबारे थप अनुसन्धान गरिहेको छ । वडाध्यक्ष मनऋषी आचार्यकाअनुसार उनी सिकार खेल्न जंगल गएको बुुझिएको छ ।

    विश्वकर्मा एक्लै थिए वा साथमा अन्य व्यक्ति पनि गएका थिए ? भन्ने कुरा अहिलेसम्म खुलेको छैन । मृतक विश्वकर्माको शव परीक्षणका लागि बौनियाकै दोदोधारा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6