Above Article Ad
  • सामाजिक अभियान्ताका रुपमा परिचित जोशीको डोटीबाट उम्मेदवारी दाबी

    Above Article Content Ad
  • डोटी- मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोकिए संगै सबै राजनितिक दलमा उम्मेदवारी दाबी गर्ने चहलपहल सुरु भएको छ ।

    त्यस्तै डोटीको निर्वाचन क्षेत्र “क” बाट प्रदेश सभा सदस्यमा सामाजिक अभियान्ताका रुपमा परिचित भक्तराज जोशीले उम्मेदवारी दाबी गरेका हुन् ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • वर्तमान अवस्थामा देखिएको बढ्दो भ्रष्टचार, व्यक्तिवादी सोच, जनताको हित विपरीत जस्ता कार्य नियन्त्रण गर्दै निती निर्माणको तहमा गएर समायानुकुल विकास र सकारात्मक परिवर्तनको पक्षमा थप योगदान पुर्‍याउने अभियान्ता जोशीले एजेन्डा बनाएका छन् ।

    Article inline ad #2
  • विगत २५ वर्ष अघि डोटीको पुर्वीचौकी गाउँपालिकाका स्थानीयहरुको शैक्षिक स्तर सुधारका लागि आफ्नै लगानीमा वि.सं. २०५३ साल देखि तत्कालीन गैरागाउ गाविसको जोशी गाउँमा अङ्ग्रेजी माध्यमबाट अध्ययन हुने पहिलो निजि बिधालयका संस्थापक पनि हुन । अभियान्ता जोशी,

    योजना उनको निकै फराकिलो भएपनि तत्कालीन अवस्थामा देशको परिस्थिति अनुसार वि.सं. २०५८ सम्म मात्रै बिधालय सञ्चालन गर्न सफल भए ।

    उनले वि.सं.२०५४ सालमा बिधालय सन्चालनकै क्रममा गाउँकै चिन्नी गाडमा आफ्नै लगानी र स्वविवेक प्रयोग गरी एक गाउँलाई नै पुग्ने बिधुत उत्पादन गरी झिलिमिली बनाएका थिए ।

    उनको समुदायमुखी कार्यको राज्यले खोजी नगरेपनि आफ्नो प्रयासमा निरन्तर अग्रसर हुँदै आफ्नो जन्मथलोको स्तरोन्नतिकै पक्षमा सधै दौडी रहे ।

    दौडाहाकै क्रममा विभिन्न देश विदेश हुँदै पुनः आफ्नै जन्मथलो जिल्लाका स्थानीय बासीकै विकासका लागि वि.सं. २०७३ सालदेखि निरन्तर गैरसरकारी संस्था मार्फत स्वास्थ्य, शिक्षा, कृषि, आयआर्जन, विपद लगायतका सामाजिक कार्यमा आवद्ध रही ठुलो योगदान पुर्‍याएका छन् ।

    अहिले डोटी बासीलाई पनि सामाजिक अभियान्ता जोशी जस्तै उम्मेदवार प्रदेश र प्रतिनिधि निर्वाचनमा आवश्यकताको महसुस छ ।

    प्रदेश सभा सदस्यमा निर्वाचन “क” क्षेत्रबाट भक्तराज जोशी, रामबहादुर रोकाया, जितबहादुर खड्का, अर्जुन बहादुर खड्का, घनश्याम दत्त पाठक, नन्दसिंह धामी, नरेन्द्रबहादुर सिंहले प्रत्यक्ष तर्फ उम्मेदवारी दाबी गरेका छन् । भने समानुपातिक तर्फ १६ जनाको उम्मेदवारी दाबी रहेको क्षेत्रीय कार्यसमितिले जनाएको छ ।

    लामो समयदेखि अभियान्ताको रुपमा परिचित जोशी नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश प्रतिनिधी समेत हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button