Above Article Ad
  • पुनर्वासको सिमरी गाउँ हुलाकी सडकका कारण बढि डुबानमा

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको दोदा नदीमा आएको बाढीले पुनर्वास नगरपालिका –५ सिमरी क्षेत्रमा डुबानसँगै बेलौरी –धनगढी सडकखण्ड समेत अबरुद्ध बनेको छ ।

    सोमबार राती देखि परेको वर्षाका कारण चुरे भएर बग्ने दोदा नदीमा पानीको बहाव बढदा ंमंगलबार र बुधबार दुई दिन बेलौरी– धनगढी हुलाकी सडकखण्ड अवरुद्ध बन्न पुगेको हो ।
    हुलाकी राजमार्ग अग्लो बन्दा सिमरी क्षेत्र डुबानको जोखिममा परेको वडा अध्यक्ष पदम बहादुर रोकायाले बताए । ’पहिले हुलाक बाटो थिएन ,सडक होचो थियो ।पानी निकास सहजै हुन्थ्यो ’ वडा अध्यक्ष रोकायाले भने ’ हुलाकी सडक हाइटमा बन्यो , पानी निकास हुने ठाउँ नै रहेन । डुबान हुनथाल्यो’

    Article inline ad #1
  • सिमरी क्षेत्र अन्तर्गतको हुलाकी सडकमा पानी निकासको लागि ५÷६ स्ल्याप कल्भर्ट ( पुल ) बनाउनुपर्ने आवश्यकता देखिएको वडाध्यक्ष रोकायाको भनाई छ ।

    Article inline ad #2

    –सिमरी गाँउ डुबानको समाधान के ?
    प्रत्येक वर्ष आउने बाढीले पुनर्वासको सिमरी, रातोताल र दशरथबस्ती डुबानमा पर्ने गरेको छ ।
    डुबानले सिमरी क्षेत्रमा २५ र रातोताल क्षेत्रमा ५ घर गरी करिब ३० घरपरिवार बाढीले बिस्थापित हुनपुगेको हो ।
    वर्षेनी यी क्षेत्र डुबानमा पर्ने गरेपनि यसको दिर्घकालिन समाधान हुननसक्दा स्थानीयले बारम्बार बाढीको त्रास खेप्नुपरेको छ ।
    यसको दिर्घकालिन समाधानका लागि दोदा नदिमा तटबन्ध गर्नुपर्ने देखिएपनि जनप्रतिनिधिले विपदका बेला तटबन्धका विषयमा आश्वासन दिने तर विपद पछि कुनैपनि चासो नदेखाउने गरेको सिमरी बासीको आरोप छ ।

    –डुबानपछि भत्काए हुलाकी सडक ?
    डुबान भएपछि बुधबार दिउँसो सिमरीका स्थानीयहरुले आक्रोशित हुँदै हुलाकी सडकखण्ड भत्काएका छन् ।
    हुलाकी सडकमा स्ल्याब कल्भर्ट राख्ने विषय वर्षेनी कुरामा मात्रै सिमित राखी आफुहरुको समस्यालाई बेवास्ता गरेको भन्दै स्थानीयले पक्की कालोपत्रे सडक भत्काएर पानी निकासका लागि कुलो बनाएका हुन् ।
    आक्रोशित स्थानीयसँग कुरा गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बाढी आउने खबर सुनेपछि डुबानको आफुमा ठुलो पिर परेको बताए । उनले उहाँहरुको सान्त्वना स्वरुप आफु वडाध्यक्षलाई साथमा लिई रातभर सिमरी र रातोतालका स्थानीयहरुसँगै जाग्राम समेत बसेकोे जानकारी दिए ।
    पालिकाको बजेटबाट डुबानको समस्या न्यूनिकरणको सम्भव छैन । उनले भने, समस्या समाधानकै लागि प्रदेश र केन्द्रिय सरकारसँग समन्वय गरिरहेको छु ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button