नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाद्वारा दुई दिने गोष्ठीको आयोजना
पुनर्वास – नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाद्वारा दुई दिने गोष्ठीको आयोजना गरेको छ ।
आज (मंगलबार) पुनर्वास नगरपालिका-६ का वडाध्यक्ष मित्र सिंह लामाको प्रमुख आतिथ्यमा जुनियर रेडक्रस सर्कलको दुई दिवसिय गोष्ठीको उद्घाटन गरेको हो ।
पुनर्वास शाखाका सभापति युवराज सुयलको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रमको बिशिस्ट अतिथिमा रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा सदस्य बिष्णु तिवारी रहनुभएको थियो । त्यस्तै नेपाल रेडक्रस पुनर्वास शाखा पुर्व सभापति बिष्णुभक्त पौडेल, पुर्व सदस्य रामचन्द्र नेपाल, महेन्द्रबहादुर बस्नेत, शिक्षकद्वोय माधव पोख्रेल, रामनारायण कंडेल, समाजसेवी भद्रकृष्ण रिमाल, सोमराज बरालका व्यक्तिहरू अतिथीमा हुनुहुन्थ्यो ।
गोष्ठीमा निजि तथा सामुदायिक गरि १९ वटा बिद्यालय का शिक्षकशिक्षिका तथा बिध्यार्थि को सहभागीता रहेको गोष्ठीमा स्थानीय स्तरमा आईपर्ने विभिन्न विपत महामरी एबं संक्रामक रोगहरू बाट पिडित समुदायलाई बचावट तथा पुर्बरानात्मक र उपचारात्मक कार्यमा जुनियर तथा युवाहरूलाई परिचालन गर्ने , रेडक्रस का ७ सिद्धान्त हरू लाई अनुसरण गर्दै जुनियर रेडक्रस सदस्य हरूमा मानवीय भावनाको विकास गराउन प्रेरित गर्ने । स्थानीय स्तरमा प्राथमिक उपचार सम्बन्धि ज्ञान सीप र कलाको जुनियर र युवाहरूमा विकास गरि स्थानीय स्तरमा प्राथमिक सेवाको पहुँच बढाउदै रेडक्रससंग सम्बन्धित गतिविधि हरूमा स्थानीय युवाहरू सक्रिय सहभागिता गराउन प्रेरित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको शाखा सभापति युवराज सुयलले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाको आयोजनामा भएको गोष्ठीमा ,सदस्यता सम्बन्धि जानकारी साधारण सदस्य, आजिवन सदस्य, बिशिस्ट सदस्य, यसस्कर सदस्य, संस्थागत सदस्य, मानार्थ सदस्यको बिशेषताका बारेमा जानकारी गराईएको कार्यक्रमको सञ्चालन सचिव रूपेश खरेलले गर्नुभएको थियो।