Above Article Ad
  • नेपाल-भारत मैत्री संघको मैत्री सभा तथा मेयर एवं उपमेयरलाई सम्मान

    Above Article Content Ad
  • पुनर्वास – नेपाल-भारत मैत्री संघ उपशाखा पुनर्वासले मैत्री सभा तथा नव निर्वाचित मेयर एवं उपमेयरलाई सम्मान गरेको छ ।

    बिहिवार उद्योग बाणिज्य संघ शाखा पुनर्वासको हलमा आयोजित कार्यक्रममा संघले मेयर र उपमेयरलाई अबिर सहित खादाले सम्मान गरेको हो ।

    Article inline ad #1
  • संघका अध्यक्ष बिश्वनाथ बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपमेयर भुलिया रानाको बिशिष्ट आतिथ्य रहेको थियो । त्यसैगरी अतिथीमा नेपाल-भारत मैत्री संघ सुदुरपश्चिम अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष हरि शंकर ठाकुर, संघका पुर्व अध्यक्ष कृष्ण बहादुर तामाङ, संघका पुर्व अध्यक्ष बिरबल बिश्वकर्मा, केन्द्रिय सदस्य भरत बिष्ट लगायतका व्यक्तिहरु आसिन थिए ।

    Article inline ad #2

    कार्यक्रममा प्रमुख अतिथी मेयर शर्माले बधाई गर्ने संघलाई धन्यवाद दिदै दुबै देशका जिम्मेवार निकाय, सुरक्षा, बजार मण्डलको समन्वयात्मक बैठक आह्वान गर्न संघलाई अनुरोध गरेका छन् ।

    उनले बैठकबाट पुनर्वासका बजारको खस्किदो अवस्थामा पनि सुधार ल्याउन सकिने र सीमामा हुने हिंसात्मक गतिबिधि समेत रोकिने सम्भावना बढि रहने बताएका हुन ।

    त्यस्तै मन्तव्यकै क्रममा बोल्दै बिशिष्ट अतिथी तथा अतिथीहरुले संघले दुबै देशको सीमामा हुने विवाद लगायत शैक्षिक क्षेत्र र विद्यार्थीहरुका स्तरोन्नतिमा पनि योगदान पुर्‍याउदै आएको तर्क दिए ।

    विगतमा संघले गर्दै आएका कामहरुको अवगत गराउन आवश्यक रहेको र विदेशीलाई सम्मानका साथ भित्र्याउन सके स्थानीय तथा राष्ट्रिय स्तरकै विकासमा टेवा पुग्ने उनीहरुको भनाई थियो ।

    नेपाल-भारत मैत्री संघका उपाध्यक्ष मेनुका उप्रेतीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन संघका कोषाध्यक्ष नबिन तिमिल्सेनाले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by