Above Article Ad
  • पुनर्वासमा ७८ दशमलव ३७ ग्राम खैरो हिरोईन सहित ३ भारतीय पक्राउ

    Above Article Content Ad
  • पुनर्वास- बिहिबार पौने ५ बजेतिर कंचनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीबाट ३ जना भारतीय नागरिकलाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ ।

    सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट प्रहरी नायब निरीक्षक पदमबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको संयुक्त प्रयासमा भारतीय सीमा क्षेत्रबाट नेपाल प्रबेश गरेका ३ जना भारतीय नागरिकलाई लागु औंषध खैरो हिरोईन सहित पक्राउ गरेको हो ।

    Article inline ad #1
  • पक्राउ पर्नेमा भारतको लखिमपुर पलिया बस्ने वर्ष २८ को सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ को बबी महेन्द्रुलाई ७८ दशमलव ३७ ग्राम खैरो हिरोईन, ३ मोबाईल र भारतीय १५ हजार नगद सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक गोपाल बोहराले जानकारी दिए ।

    Article inline ad #2
  • पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको त्रिभुवनबस्तीका नायब निरीक्षक बोहराले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button