Above Article Ad
  • शुभेच्छा पशुपालन सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

    Above Article Content Ad
  • धनबहादुर बिक/ पुनर्वास-शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड पुनर्वास ३ आई वी आर डीको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन पुनर्वास २ मोतिबस्तिको सहिद भवनमा सम्पन्न भएको छ । साधारणसभा बाट पदम प्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ समितिको अध्यक्षमा पदम प्रसाद शर्मा उपाध्यक्षमा शुसिला खत्री सचिव विष्णु राज घिमिरे सदस्यहरूमा यज्ञ व कोइराला ,गंगा लामा तामाङ , शालिकराम सापकोटा धोकेलाल राना ,दिपा सार्की , बसन्ति बडु जोशी , मनमाया तामाङ , ललित चन्द , दान सिंह थापा रहेका छन भने एक जना पछि थपिने जनाईएको छ ।

    साधारणसभा ले शमशेर बहादुर तामाङ को संयोजक मा ३ सदस्यीय लेखा समिति र सालिकराम सापकोटा को संयोजकत्वमा ३ सदस्यीय ऋण उप समिति चयन गरेको छ । त्यसैगरी चन्द्र प्रसाद पोख्रेलको संयोजक मा शिक्षा उप समिति चयन गरेको छ । यसैबीच पुनर्वास नगरपालिका २ मा रहेको मोति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र शुभेच्छा पशुपालन सहकारी संस्था लिमिटेड दुबै सहकारी को समायोजन भएको छ । दुईवटै सहकारी को एउटै उदेश्य रहेको सहकारी बिच समायोजन भएको अध्यक्ष शर्माले बताएका छन । ७९६ सेयर सदस्य शुभेच्छा पशुपालन सहकारी र ७१ सेयर सदस्य मोति दुग्ध सहकारी गरि एकीकरण भएको हो ।

    Article inline ad #1
  • साधारणसभामा संस्थाका अध्यक्ष पदम प्रसाद शर्माले आर्थिक बर्ष ०७८/७९ को १० करोड १५ लाख १५ हजार ६५१ रूपैया ८८ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका थिए संस्था का अध्यक्ष पदम प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य माननिय वीर बहादुर थापा रहनुभएको थियो । कार्यक्रम का बिशिस्ट अतिथि रजिस्ट्रार कार्यालय धनगढी का प्रशिक्षक देवराज पन्त , प्रोजेक्ट प्रमुख राजकुमार कटुवाल , पुनर्वास नगरपालिका वडा नम्बर २ का अध्यक्ष डम्बरबहादुर थापा , वडा नम्बर ३ का अध्यक्ष कृष्णबहादुर तामाङ , समाजसेवी रामचन्द्र नेपाल लगायत रहेका थिए । कार्यक्रममा दुईवटै सहकारी बिच मर्ज गरिएको मा शुभकामना व्यक्त गर्दै प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले विपन्न समुदाय संग प्रत्यक्ष आर्थिक उनणनति र समृद्धि का बिषयमा काम गर्ने सहकारी विकासका लागि आफुले सक्दो पहल गर्ने जनाउनु भयो ।

    Article inline ad #2

    सो अवसरमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शर्माले सबै शेयर धनि सदस्यहरुलाई उत्पादनमा लाग्न अनुरोध गर्न गरेका छन । तरकारी, फलफुल, खाद्यान्नबाली, दलहन, नगदेवाली संस्थाबाट ऋण लिएर घरेलु उद्योग साना कुटिर उद्योग जस्तै सालको पातको दुना टपरी डोको, डाला, नाम्ला, झोला, ढकिया, औलीसोको कुचो, थाकलको कुचो, कपडाको मिनी ब्याग, उनीको स्वीटर, टोपी कपडा सिलाई सेन्टर, दालमट, नमकिन उत्पादन छुर्पी, मिठाई, गुदपाक, खुवा, शैलुन पसल, केराको परिकार, आपको अचार, अमलाको अचार, आदि स्वरोजगारका क्षेत्रमा काम गर्ने सेयर सदस्यलाई संस्थाले लगानी संगै प्रोत्साहन गर्ने अध्यक्ष को प्रतिवेदनमा उल्लेख गरिएको थियो । संस्था का उपाध्यक्ष सुशीला खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन संस्था का सचिव बिष्णुराज घिमिरेले गरेका थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by