
कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रका ६ प्रधानाध्यापकहरुलाई सम्मान सहित बिदाई
पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिकाका ६ सामुदायिक विद्यालयका अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ ।
शनिबार एक समारोहका बिच सामुदायिक बिद्यालयमा कार्यरत प्रधानाध्यापकहरुले अवकास प्राप्त गरेका ६ जना प्रधानाध्यापकहरुको सम्मान सहित बिदाई गरिएको हो ।
बिदाई हुनेमा पुनर्वास नगरपालिका–९ स्थित राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक लोकबहादुर क्षेत्री,जिवनशक्ति माध्यामिक बिद्यालयका प्रधानाध्यापक आनन्द क्षेत्री, पुनर्वास–४ स्थित महाकाली आधारभुत बिद्यालयका प्रधानाध्यापक खडानन्द सुवेदी,पुनर्वास–१ स्थित जनशक्ति आधारभुत बिद्यालयका प्रधानाध्यापक टेकबहादुर बिश्वकर्मा,पुनर्वास–३ स्थित जनकल्याण माध्यामिक बिद्यालयका प्रधानाध्यापक राम नारायण कँडेल र पुनर्वास–२ स्थित ऐश्वर्य आधारभुत बिद्यालयका प्रधानाध्यापक यज्ञबहादुर कोईराला हुनुहुन्थ्यो ।
उहाँहरुलाई सयपत्री फुलमाला र दोसल्लाले सम्मान गरिएको थियो ।
अवकास पाउनुभएका प्रधानाध्यापक सरहरुको हामी कार्यरत प्रधानाध्यापकहरुको संयुक्त तर्फबाट सो सम्मान कार्यक्रमको आयोजना गरिएको पुनर्वास –६ स्थित जिवन ज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यापक भरतकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रधानाध्यापकहरुको आगामी दिनहरुमा नगरपालिकाको तर्फबाट सम्मान सहितको बिदाई कार्यक्रम निकट वर्षहरुबाट सुरुवाती गर्ने शिक्षा शाखा प्रमुख बिद्यालय निरिक्षक शिवराज भट्टले बचन दिनुभएको बताउनुभयो ।