Above Article Ad
  • कञ्चनपुर क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले बनायो संयुक्त प्रचारप्रसार समिती

    Above Article Content Ad
  • पुनर्वास – आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनेको सत्तारुढ दलहरुको बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर १ मा संयुक्त प्रचारप्रसारका लागि समिती गठन गरेको छ ।

    पुनर्वासमा शुक्रवार बसेको संयुक्त बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्साल संयोजकत्वमा क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समिती बनाएको हो ।
    उक्त समितिमा नेपाली काँग्रेसका क्षेत्रीय क्षेत्रीय सभापती गोपि प्रशाद उपाध्यायलाई सह- संयोजकको जिम्मेवारी दिईएको छ ।

    Article inline ad #1
  • त्यसैगरी निर्वाचन क्षेत्र नम्बर एकको प्रदेशसभा १ मा निर्वाचन परिचालन समितिमा लागि नेपाली काँग्रेसका प्रदेश १ का सभापति मानबहादुर रोकाया संयोजकको जिम्मेवारी दिएको छ । बैठकले सह संयोजक मा माओवादी केन्द्रका कञ्चन गिरि लाई जिम्मेवारी दिएको छ । कञ्चनपुर १ को प्रदेश सभा २ मा नेपाली काँग्रेसका प्रदेश सभा २ का सभापति चेतन कुमार राइलाई निर्वाचन परिचालन समितिको संयोजक को जिम्मेवारी दिएको छ । सह- संयोजक मा नेकपा माओवादी केन्द्रका राजेन्द्रप्रसाद जोशीलाई जिम्मेवारी दिइएको नेपाली काँग्रेसका क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्यायले बताए ।

    Article inline ad #2

    संविधानको रक्षा , गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरुलाई निर्धक्क मतदान गर्न सम्पुर्ण लोकतन्त्रवादी जनसमुदायमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति उपाध्यायले आह्वान गरेको बताए ।

    देशमा लोकतन्त्र र संविधानको रक्षा गर्न बाम लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएकोले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि निर्वाचित गराउन पर्ने माओवादी केन्द्रका केन्द्रिय सदस्य लोकेन्द्र लम्सालले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by