Above Article Ad
  • गायिका हेमन्ता शमार्काे तीज गीत ‘मामा घर ’ सार्वजनिक ( भिडियो सहित )

    Above Article Content Ad
  • धनगढी, नेपाली नारीहरुको पर्व तीज नजिकिदै गर्दा । बजारमा तीज सम्बन्धी गीतहरु सार्वजनिक हुन् थालिएका छन ।
    यसैक्रममा गायिका हेमन्ता भट्टराईले तीज गीत ‘मामा घर ’को भिडियो सार्वजनिक गरेकि छिन् । बुधबार धनगढी को साहित्य समाजमा गरिएको आदि कवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती २०८९ विशेष कार्यक्रममा उनले तीज गीत ‘मामा घर ’को भिडियो सार्वजनिक गरेकि हुन्।

    मौलिक तथा पारिवारिक कथामा समेटिएको गीत ‘‘मामा घर ’मा हेमन्ता भट्टराई ,बाल गायक सुप्रीम मल्ल ठकुरी र प्रीयंका शर्माको आवाज रहेको छ। गीतमा शब्द ,संगीत हेमन्ता भटराईकै रहेको छ ।यो विशुद्ध मनोरञ्जन तथा मौलिक सस्कार झल्किने गरि गीत तयार गरिएको छ। गीतमा विवाह गरेर गइकी दिदी र बहिनी बीचको कथा ब्यक्त गरेको छ ।कला सस्कृति ,र मौलिक सस्कार झल्किने गरि गीत तथा भिडियो निर्माण गरिएको छ । गीतको म्युजिक भिडियोमा कल्पना ढुंगाना ,झरना बोहरा ,अनु खड्का, कविता खड्का, कोपिला सिंह ,प्रियंका कुँवर ,पुष्प बडैला र लक्ष्मी आशिक लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ।

    Article inline ad #1
  • धनगढीमै छायाँकन गरिएको सार्वजनिक गरिएको गीतको भिडियोमा निर्देशन भिम बिष्ट आछमि रेखाको रहेको छ । अमृत उपाध्यको छायांकन रहेको भिडियोलाई महेन्द्र बिष्टले सम्पादन गरेका हुन् । सो गीत गायिका भट्टराईको हेमन्ता भट्टराई युटुब चाइनलबाट सार्वजनिक गरिएको छ।

    Article inline ad #2

     भिडियोमा हेर्नुस !

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6