
पुनर्वासमा चट्याङबाट मृत्यु भएकाहरु प्रति हार्दिक समवेदना प्रकट
Above Article Content Ad
पुनर्वास- मंगलबार बिहानै देखि परेको अविरल वर्षासंगै आएको चट्याङ लागेर पुनर्वासमा मृत्यु भएकाहरु प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
मृतक पुनर्वास-६ का देवेन्द्र श्रेष्ठ र पुनर्वास-८ की शारदा थापाको घरमै पुगी मेयर तोयप्रसाद शर्मा, उपमेयर भुलिया कुमारी राना लगायत वडाका जनप्रतिनिधिहरुले हार्दिक समवेदना प्रकट गरेका हुन् ।
Article inline ad #1
उपप्रमुख रानाले मृतकका परिवारलाई नगरबाट निर्णय गराई क्रिया खर्च वापत केहि आर्थिक सहयोग उपलब्ध गराउने आश्वासन व्यक्त गरिन ।
Article inline ad #2
उनले मृतक थापाका नाबालक छोरा-छोरीका विषयमा पनि के गर्न सकिन्छ नगरमा आफु सल्लाह गर्ने बताईन ।
दैवीप्रकोप कुन बेला आईपर्छ थाहा हुँदैन तसर्थ वर्षा भएका बेला घरमै सुरक्षीत रहन नगरबासी सबैमा उनले अनुरोध समेत गरेकी छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad