Above Article Ad
  • काँङ्ग्रेसले नपत्याएपछि पुनर्वास–८ को वडाध्यक्षमा राना श्रवणको उम्मेदवारी

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–८ मा नेपाली काँग्रेसका पुर्व वडाध्यक्ष राना श्रवणले स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गरेका छन् ।

    बैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय पुनर्वास नगरपालिकामा स्वतन्त्रबाट उनले आफु सहित ४ सदस्यको नाम दर्ता गरेका हुन् ।

    Article inline ad #1
  • २०७४ को स्थानिय तह निर्वाचनमा विजयी वडाध्यक्ष राना अहिलेपनि दोहिरन खोजेका थिए । रानालाई छुटाउदै पार्टीले नेपाली काँग्रेस पुनर्वासका नगर सचिव परी रावललाई वडाध्यक्षको टिकट दिएको छ ।

    Article inline ad #2

    रानाले आफ्नो कार्यकालमा हुन नसकेका विकास निर्माणका कार्यहरुलाई निरन्तरताका साथ पुरा गर्न पार्टीले नपत्याएपनि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको जानकारी दिए। वडावासीले अघिल्लो कार्यकालको मुल्यांकन गर्दै आफुलाई पुनः सफल बनाउनेछन भन्ने विषयमा ढुक्क रहेको बताए

    उनीसँगै दुलेराम राना, दलित महिला लक्ष्मी सुनार,देवि कार्की र दिपेश मल्ललले स्वतन्त्रबाट सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button