Above Article Ad
  • पुनर्वासको सिद्धेश्वर महादेव मन्दिरमा जेठारा दाजुभाईद्वारा घण्टी र त्रिशुल सहयोग

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ घर भई हाल अमेरिका बस्दै आएका दाजुभाईले स्वर्गीय बुवाको सम्झनामा मन्दिरलाई घण्टी र त्रिशुल सहयोग गरेका छन् ।

    साउनको अन्तिम सोमबारको मौकामा अमेरिकामा रहेका दाजु बिनोद जेठारा र भाई शेरबहादुर जेठाराले १५ किलोको घण्टी र १३ किलोको त्रिशुल पुनर्वास-५ मै अवस्थित ऎतिहासिक सिद्धेश्वर महादेव मन्दिरलाई सहयोग गरेका हुन् ।

    Article inline ad #1
  • सामाजिक कार्यमा निकै अग्रसर रहेको जेठारा परिवार अमेरिकामा रहेर पनि आफ्नो जन्म स्थानका लागि आवश्यक सहयोगका विषयमा उनीहरू सम्झिएका छन् ।

    Article inline ad #2

    घरायसी बाध्यताले देश बाहिर रहेपनि आफ्नो देश र गाउँ प्रतिको माया गनि र भनि साध्य नभएको मनकारी व्यक्ति शेरबहादुर जेठाराले बताए ।

    धार्मिक क्षेत्रको संरक्षण र प्रवर्द्धन हामी सबैको दायित्व रहेकाले सक्ने सहयोगका लागि हाम्रो परिवार सदैब तयार रहने मनकारी दाजुभाईका साईला भाई धर्मेन्द्र जेठाराले जानकारी दिए ।

    यसैगरी मन्दिरलाई घण्टी र त्रिशुल सहयोग गर्ने सहयोगी जेठारा दाजुभाईलाई मन्दिरका पुजारी परी रोकायाले कैलाशपति शिवजीको कृपाले सुख, शान्ति र समृद्धि भइरहने र आगामी दिनमा मन्दिरका लागि थप सहयोग प्राप्त हुनेछ भन्ने पुर्ण आशा समेत रहेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by