Above Article Ad
  • पृथ्वी पशुपालन सहकारीद्वारा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण

    Above Article Content Ad
  • पुनर्वास-कंचनपुरको पुनर्वास नगरपालिका-८ को सभाहलमा स्थानीय तहमा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

    मंगलबार पृथ्वी पशुपालन सहकारीद्वारा आयोजना तथा कारिटास नेपालको सहयोगमा सञ्चालित स्थानीय तहमा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

    Article inline ad #1
  • पृथ्वी पशुपालन महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला बिष्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै बिशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी राना र अतिथीमा पुनर्वास-७ का वडाध्यक्ष मुलचन्द राना र पुनर्वास-८ का अध्यक्ष राना श्रवण आसिन थिए ।

    Article inline ad #2

    प्रमुख अतिथीको आसनबाट नगर प्रमुख शर्माले समुदाय स्तरका महिला केन्द्रित कार्यक्रम भएकाले लैङ्गिक हिंसा न्यूनीकरणमा निकै सहज हुने विश्वास लिएको बताए ।

    हिंसाको प्रमुख कारण नै अशिक्षा हो । यस विषयमा नगरपालिकाले पनि विभिन्न सचेतनामुलक कार्यक्रमलाई निति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख शर्माले भने, लैङ्गिक हिंसा न्युनिकरण गर्ने पक्षमा म पनि सकारात्मक छु ।

    त्यस्तै कार्यक्रममा उपप्रमुख रानाले प्रत्येक घर-घरमा हिंसाका घटनाहरु भईरहने र समाजमा महिलामा सहनशीलता हुन्छ भन्ने भावनाले अझै पनि समुदायका प्रायः महिलाहरु हिंसाबाट पीडित देखिने गरेको बताईन

    उनले उपस्थित सम्पुर्णलाई विभिन्न हिंसाका विषयमा नगरपालिकाबाट न्यायीक मेलमिलाप तथा कानुनी परामर्श समेत दिने व्यवस्था रहेको बताईन ।

     

    त्यसैगरी संस्थाकी अध्यक्ष निर्मला बिष्टले सरकारी तथा गैरसरकारी पक्षबाट विगतका दिनमा लैङ्गिक हिंसा कम गर्न विभिन्न प्रयास हुँदा पनि समाजमा अझै कम हुन नसकेको तर्क दिईन ।

    सडक,पुल, पुलेसा मात्रै विकास नभई त्यसैसंग शिक्षा, स्वास्थ्यलाई पनि जनप्रतिनिधिले विशेष ध्यान दिन जरुरी रहेको बताईन ।

    उनले कानुनी शिक्षा नै लैङ्गिक न्युनिकरण गर्न सकिने माध्यम भएको र बिद्यालयमा समेत कानुनी शिक्षाको अवधारणा ल्याउन जनप्रतिनिधिलाई अनुरोध गरेकी थिईन ।

    हिंसा सम्बन्धी कानुनी प्रावधानका विषयमा जनप्रतिनिधि र संजालका प्रतिनिधिहरुलाई कानुन अधिवक्ता नेत्रराज तामाङले प्रशिक्षण दिएका हुन् ।भने कार्यक्रमलाई सञ्चालन सहकारीकी व्यवस्थापक पुष्पा रोकायाले गरेकी थिईन ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button