Above Article Ad
  • पुनर्वासमा हार्डजोर्नी तथा नशा रोगीका लागि फिजियोथेरापी सञ्चालनमा

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वासमा हार्डजोर्नी तथा नशा रोगबाट आक्रान्त भएका व्यक्तिहरुको सेवाका लागि फिजियोथेरापी सञ्चालनमा ल्याएको छ ।

    शनिबार देखि विधिवत रुपमा उद्घाटन गर्दै पुनर्वास नगरपालिका-३, आई.बी.आर.डी. बजार नजिकै बि.एन. पोलिक्लिनिक नजिकै फिजियोथेरापी फर पेन रिलिफ एण्ड रिह्याविलिटेशन सेन्टर सञ्चालनमा ल्याएको हो ।

    Article inline ad #1
  • उक्त फिजियोथेरापीमा वरिष्ठ फिजियोथेरापिस्ट डा. बिक्रम सिंह बोटबाट प्रत्येक दिन सेवा उपलब्ध हुने भएपनि हप्ताको एकदिन भने निउरो फिजियोथेरापिस्ट डा. अशोकमणी रिमालबाट फिजियोथेरापी हुनेछ ।

    Article inline ad #2

    हार्डजोर्नी तथा नशा सम्बन्धी बिमारीहरुका लागि फिजियोथेरापी निकै उपयोगी उपचार पद्धति भएको डा. रिमालको भनाई छ ।

    यस अघि पुनर्वासका बिमारीहरु धनगढी तथा भारतको पलिया सम्म थेरापीका लागि जाने बाध्यता भएपनि अब फिजियो थेरापी पुनर्वासमै सञ्चालन भएपछि सेवाग्राही खुशी भएका छन् ।

    फिजियोथेरापीको मद्धतबाट पेरालाईसिस, नशा च्यापिएको, जोर्नी जाम भएका, उमेरसंग संगै बोल्न र हिड्न नसक्ने बच्चाहरु लगायत हार्डजोर्नी तथा नशा रोग सम्बन्धी थुप्रै समस्याका लागि निकै उपयोगी हुनेगरेको पाईन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button