Above Article Ad
  • पुनर्वासमा सञ्चालित “वडाध्यक्ष कप”को बिजेता कालिका युवा क्लब

    Above Article Content Ad
  • पुनर्वास– कंचनपुरको पुनर्वासमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय अन्तर क्लब पुरुष फुटबल “वडाध्यक्ष कप” प्रतियोगिता सम्पन्न भएको छ।

    शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय अन्तर क्लब पुरुष फुटबल “वडाध्यक्ष कप” सम्पन्न भएको हो ।

    Article inline ad #1
  • विजेता बनेको टिम कालिका युवा क्लबले १ लाख पुरस्कार सहित सानदार टूफी,प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो । भने द्वितीय बनेको आयोजक टिम त्रिभुवन युवा क्लबले   ५५ हजार धनराशी पुरस्कार सहित सानदार टूफी,प्रमाणपत्र र मेडलमा चित्त बुझाउनु परेको थियो ।

    Article inline ad #2

    २ हजार बढि दर्शकले भरिभराउ खेलमैदानमा खेलाडीहरुले निकै अनुशासित ढंगबाट खेल प्रदर्शन गर्दा दर्शकहरुमा पनि थप उर्जा थपिदिएको थियो ।

    क्लबका अध्यक्ष जितबहादुर तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख भुलिया कुमारी राना प्रमुख अतिथीमा हुनुहुन्थ्यो ।

    विशिष्ट अतिथीमा पुनर्वास नगरपालिकाका ६ नम्बरका वडा अध्यक्ष मित्रसिंह लामा , कञ्चनपुर जिल्ला फुटबल महासंघका उपाध्यक्ष दाउत तामाङ, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की , कैलाली हस्पिटल प्रा .ली. धनगढीका प्रबन्धक खगेन्द्र जोशी, साहित्यिक तथा सांस्कृतिक व्यक्तित्व कवि   दिननाथ बराल, आसिन रहनुभएको थियो । भने विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

    मङ्सिर १८ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक सहित कञ्चनपुर र कैलालीका १२ टिमको सहभागिता रहेको उक्त वडाध्यक्ष कप”मा देशविदेशमा रहेका खेल प्रेमी र विभिन्न व्यवसायिक व्यक्तित्वहरूले सहयोग गर्नुभएको थियो।    

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by