खाद्य अधिकार पुनर्वासद्वारा नगरप्रमुखलाई ज्ञापनपत्र पेश
Above Article Content Ad
धनबहादुर बिक
पुनर्वास-खाद्य अधिकार सञ्जाल पुनर्वास ले आईबार एक कार्यक्रम को आयोजना गरि स्थानीय खाद्य तथा पोषण सुरक्षा योजना सम्बन्धि ज्ञापनपत्र नगरप्रमुख समक्ष पेश गरेको छ ।
खाद्य अधिकार पुनर्वासका संयोजक कञ्चन गिरीको नेतृत्वमा नगर उप प्रमुख भुलिया कुमारी रानाको सभाकक्षमा कार्यक्रमको आयोजना गरि खाद्य अधिकारसंग सम्बन्धित बिबिध कार्यक्रम सञ्चालन गर्ने बिषय समेटिएको प्रपोजल नगर प्रमुख तोय प्रसाद शर्मालाई पेश गरिएको हो ।
नेपालीको संविधान २०७२ को धारा ३२ ले खाद्य सुरक्षा , खाद्य अधिकार र खाद्य सम्प्रभुतालाई मौलिक हकको रूपमा सुरक्षित गरेकोले सो मौलिक हकलाई कार्यान्वयन गराउन पुनर्वास नगरपालिकाको नगर सभा बाट खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तयार गर्न पुनर्वास नगरपालिकालाई आवश्यक रकम बिनियोजन गरिदिन भनि उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad