Above Article Ad
  • आर्थिक अभावले जिवन र मरणको दोसाँधमा पुनर्वासका विष्णु उपाध्याय

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका ५ भानुबस्तीका बिष्णु प्रसाद उपाध्याय यतिबेला जिवन र मरणको दोसाँधमा छन् ।

    दुवै मृगौला फेल भई विगत लामो समयदेखि उपचारका क्रममा रहेका उपाध्याय अहिले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका हुन् ।

    Article inline ad #1
  • आर्थिक अभाव भएपछि मृगौला पिडित उपाध्यायले उपचारका लागि आर्थिक सहयोगको सबै मनकारी व्यक्तिमा अपिल गरेका छन् ।

    Article inline ad #2

    महिनौ देखि नेपालका बिभिन्न अस्पताल र भारतको दिल्ली स्थित बि.एल.के. म्याक्स हस्पिटलमा उपचार गराईरहेका उपाध्यायलाई आर्थिक अभाव भएपछि अहिले घरमा राखिएको उनको परिवारले जनाएको छ ।

    उमेरले ४२ वर्ष पुगेका उपाध्याय विगतमा भारत र नेपालमा सवारी चालउदै आफ्नो जिविकोपार्जन गर्दै आएका थिए । एक्कासी प्राण घातक रोगको आक्रमणपछि उनी थला परेका छन् । उनका १५ वर्षिय एक छोरी र १३ वर्षिय एक छोरा छन् ।

    उपाध्यायको मृगौला प्रत्यारोपणका लागि अहिले नेपाल तथा भारतमा बिष्णु प्रसाद उपाध्याय बचाउ अभियान मार्फत आर्थिक सहयोग संकलन थालिएको उनका काका नन्दराज उपाध्यायले बताए ।

    मृगौला पीडित उपाध्यायका काकाले भतिजाको स्वास्थ्य उपचारमा टेवा पुर्‍याउन आर्थिक सहयोगका लागि एनएमबी बैंक धनगढी शाखाको खाता नम्बर 0150156463400010 रहेको र सहयोग गर्न चाहने मनकारी व्यक्तिले मोबाइल नम्बर ९८४६९८९२९८ र ९८६६४६४२०६ मा सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button