Above Article Ad
  • पुनर्वास नगरपालिका-१ मा ३ सय मत गणना गर्दा काङ्ग्रेसको पुरै प्यानल अगाडी

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-१ को ३ सय मतपत्र गणनाको नतिजा सार्वजनिक गरेको छ ।

    भर्खरै सार्वजनिक भएको नतिजामा नेपाली काङ्ग्रेसका मेयर सहित सदस्यसम्म पुरै प्यानलको अग्रता देखिएको छ ।

    Article inline ad #1
  • नतिजामा नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार तोया प्रसाद शर्माले १ सय १९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका पदम पुजाराले ५४ र एकीकृत समाजवादीका जिवनराज थापाले ४२ मत प्राप्त गरेका थिए ।

    Article inline ad #2

    त्यसैगरी उपमेयरमा नेपाली काङ्ग्रेसकी भुलिया रानाले १ सय ५ मत , गठबन्धनबाट माओवादीका धोखे रानाले ५८ र नेकपा एमालेकी सुशिला खत्रीले ४९ मत प्राप्त गरेकी छिन ।

    वडाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारले ९५ मत ल्याउदै अग्रता कायम गरेका थिए । भने उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवारले ६८ मत र एकीकृत समाजवादीका उम्मेदवारले ५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button