पुनर्वास-३ मा एकीकृत समाजवादीका कृष्ण तामाङ सहित पुरै प्यानल विजयी
हरिलाल जोशी
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकामा-३ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका कृष्ण बहादुर तामाङ सहित पुरै प्यानल बिजयी भएका छन ।
समाजवादीका तामाङले ३ सय ९६ मत प्राप्त गरी आफ्ना प्रतिद्वोन्दी नेकपा एमालेका आईत बहादुर तामाङसंग ९५ मतको अन्तरले विजयी भएका हुन् ।
त्यसैगरि नेपाली काङ्ग्रेसका शुक लाल तामाङ १४६, जसपाको २७ र राप्रपाले १० मत मात्र प्राप्त गरेका हुन भने महिला सदस्यमा एकीकृत समाजबादिकी शान्तिमाया तामाङ, दलित महिला सदस्यमा एकीकृत समाजबादिकी पबित्रा कामी, सदस्यमा दोय एकीकृत समाजबादिका सुपा तामाङ र बम बहादुर तामाङ बिजयी भएको निर्वाचन अधिकृतको कार्यालय पुनर्वासले जनाएको छ ।
त्यस्तै चार वडाको मत गणना गर्दा मेयरमा नेपाली काँग्रेसका तोया प्रसाद शर्माले ३ हजार ४७ मत सहित अग्रता लिएका छन भने गठबन्धबाट नेकपा एकीकृत समाजबादिका जीवन राज थापाको १ हजार ७ सय ७० मत, नेकपा एमालेका पदम पुजाराको १ हजार ७ सय ४३, राप्रपाका सनत जङ्ग गिरिको ३ सय ४६ र जनता समाजबादी पार्टीका तारा गिरिको २६ मत रहेको छ ।
उप-मेयरमा नेपाली काङ्ग्रेसकी भुलिया रानाले २ हजार ४ सय ७३ मत सहित अगाडी रहेकि छन भने उनलाई पछ्याउँदै गठबन्धबाट नेकपा माओबादीका धोके रानाले २ हजार ३ सय ८ मत, नेकपा एमालेकी शुशिला खत्रीको १ हजार ९ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीकि तिर्थमाया सुनारले ३ सय ७२ र जनता समाजबादी पार्टीकि भागिरथी रानाको २० मत रहेको छ ।
१२ सय ६३ मतदाता रहेको सो वडामा जम्मा ९ सय ३१ जनाले मात्र मतदान गरेका थिए ।