
पुनर्वासमा युवा नेता मदन उपाध्यायले गराए एमालेकी महिला नेतृ बोहरालाई पार्टी प्रवेश
हरिलाल जोशी
पुनर्वास– चुनावी माहोल बढ्दै जाँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली काँङ्ग्रेस पार्टीमा अन्य विभिन्न पार्टीबाट प्रवेश गर्नेको बढ्दो जनलहर छ ।
काँङ्ग्रेस पुनर्वास–१० का सभापति चेत बिष्टको सभापतित्व तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि मदन उपाध्यायको प्रमुख आतिथ्यमा आयोजना गरेको चुनावी अभियान, अन्तक्रिया र छलफल कार्यक्रममा पशुपति स्कुल व्यवस्थापन समिति अध्यक्ष तथा एमाले महिला नेतृ चम्पा बोहरालाई पार्टी प्रवेश गराएको हो ।
आईतबार पुनर्वास नगरपालिका–१० भिमबस्तीमा नेपाली काँङ्ग्रेसले आयोजना गरेको चुनावी अभियान, अन्तक्रिया र छलफल कार्यक्रममा महिला नेतृ बोहरालाई युवा नेता मदन उपाध्यायले पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा काँङ्ग्रेसका मेयर, उपमेयर, वार्ड अध्यक्षका उम्मेदवार धिरेन्द्र भट्ट लगायतको टिमलाई मतदान गरी विजयी गराउन समेत उपस्थित मतदाता र कार्यकर्तालाई अनुरोध गरिएको थियो ।















