पुनर्वासमा स्थगित मतदान ४ घण्टा सम्म पनि सुचारू हुन सकेन , अन्य बुथकेन्द्रमा मतदान शान्तिपूर्ण
हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-१० मा दिउँसो बाह्र बजे देखि स्थगित भएको मतदान ४ बज्न थाल्दा पनि सुचारु हुन सकेको छैन ।
फर्जी मतदाताले मतदान गर्न खोजेपछी भएको विवाद समाधान हुन नसकेपछि करिब ४ घण्टा देखि विजय माध्यमिक बिद्यालयको मतदान केन्द्रमा अझै मतदान कार्य सुचारु हुन नसकेको निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो ।
उक्त मतदान केन्द्रमा मतदान सुचारु गराउने प्रयासमा रहेको र अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले मतदान कार्य जारी रहेको अधिकृत जोशीले बताउनुभयो ।
मतदान केन्द्र बाहिर र भित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उच्च सुरक्षाका साथ तयारीमा देखिन्छन । भित्र मतदान सञ्चालन गर्ने विषयमा निर्वाचन अधिकृत, सुरक्षा निकाय र उम्मेदवारहरुको छलफल जारी छ भने केहि समयपछि मात्रै मतदान कार्यका विषयमा जानकारी हुने निर्वाचन अधिकृत जोशीबाट बुझिएको छ ।