Above Article Ad
  • पूर्वीचौकीमा सहजै चुनाव जित्छौं : काँग्रेस उम्मेदवार उपाध्याय

    Above Article Content Ad
  • डोटी– नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेदवार राम प्रसाद उपाध्यायले पूर्वीचौकी गाउँपालिकामा सहजै चुनाव जित्ने दाबी गरेका छन् । घरदैलो अभियान सकेपछि उनले गाउँपालिकाका सबै वडा र पालिकामा कांग्रेसले चुनाव जित्ने निश्चित भएको बताएका हुन् ।

    ‘विगतमा पूर्वीचौकी गाउँपालिकामा भएको भृष्टाचार, अनियमितता र स्थानीय सरकारको ज्यादतीका कारण जनताहरु कम्युनिष्टसँग उसै पनि रुष्ट छन्,‘उपाध्यायले भने,‘यस पटक जनताले कांग्रेसलाई ठुलो भरोसा र रुखमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’ आफुले निर्वाचन जिते पछि यहाँका जनताको भरोसा र मतको कदर गर्दै पालिका सरकार यस्तो हुनुपर्छ भन्ने आभास दिलाउने कांग्रेस उमेदवार उपाध्यायले बताए ।

    Article inline ad #1
  • उमेदवार उपाध्याय कांग्रेसका कर्मठ, इमान्दार र लगनशील नेताका रुपमा छवी बनाएका नेता हुन् ।

    Article inline ad #2
  • यस अघिको स्थानीय तहको निर्वाचनमा झिनो मतले पछाडी परेका उपाध्याय यस वर्ष बहुमत सहित चुनाव जित्नेमा ढुक्छ छन् । अगिल्लो निर्वाचनमा कांग्रेसले ७ वटा वडा मध्य ४ वडा हात पारेको थियो भने एमालेले तीन वडा जितेको थियो ।

    यस अघिको निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका लागि उपाध्याय र उपाध्यक्षका लागि माया कुवँर उमेदवार थिए । एमालेका उमेदवार दिर्घराज बोगटी ४७ मत र उपाध्यक्ष निर्मला साउद ५९ मतको अग्रताले विजय भएका थिए ।

    अघिल्लो निर्वाचनमा कांग्रेस भित्रको आपसी मतभेदका कारण निर्वाचनमा पराजय भोग्नु परेपनि यस वर्ष एक ढिक्का भएर निर्वाचनमा होमिएको पूर्वीचौकी कांग्रेसले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button