पुनर्वासका नगर प्रमुख शर्माद्वारा ४ दिने रमाईलो मेलाको उद्घाटन
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-९, बिचफाँटामा आजबाट सुरु भएको रमाईलो मेलाको उद्घाटन भएको छ ।
प्रत्येक वर्ष झै यसै समयमा सञ्चालन हुने रात्रीकालिन रमाईलो साँस्कृतिक कार्यक्रमको नगर प्रमुख तोय प्रसाद शर्माले उद्घाटन गर्दै मेलाको सुरु भएको हो ।
भारतीय बजार सुमेनगरमा लाग्ने नौटङ्की मेलामा नेपाली दिदिबहिनीहरु जाने र उनीहरुले दुर्व्यवहार खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै मेलाको सुरुवात गरिए पनि अहिले सँस्कृति र रितिरिवाजको समेत जगेर्ना हुने गरेको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो ।
यस्ता कार्यक्रमले समाजमा आपसी सद्भाव र सम्बन्ध विस्तारमा महत्वपूर्ण टेवा पुग्ने भएकाले नगरबाट पनि सक्दो सहयोग र सकारात्मक भुमिका खेल्ने नगर प्रमुख शर्माको भनाई छ ।
श्री परोपकार समाज नेपालद्वारा आयोजनामा
आजबाट कार्तिक २२ गते सम्म सञ्चालन हुने रात्रीकालिन रमाईलो साँस्कृतिक कार्यक्रम यस वर्ष राष्ट्रिय माध्यामिक बिद्यालयको खेल मैदानमा आयोजना गरिएको छ ।
समितिका अध्यक्ष नवराज बुढाको सभाध्यक्ष तथा पुनर्वास-९ का वडाध्यक्ष नरबहादुर बि.क.को विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सह-सचीव सुरेश बुढाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । भने सचिव ईश्वर बुढाले कार्यक्रमलाई सञ्चालन गर्नुभएको हो ।