
केहि काम अपुरा होलान तर नगरमा विकास भएकै हो : उम्मेदवार थापा
पुनर्वास–पुनर्वास नगरपालिकामा गठबन्धन दलबाट नगर प्रमुखका उम्मेदवार जिवनराज थापाले बितेको पाँच वर्षमा थुप्रै विकासे योजना गति लिएको बताएका छन् ।
आफ्नो कार्यकालमा कुनै कारण केहि काम अपुरा होलान तर शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, कृषि, सडक तथा भौतिक संरचना लगायतका क्षेत्रमा अन्य पालिकाहरु भन्दा बढि विकास भएको दाबी गरेका हुन् ।
उनले सडकका हकमा ४० किलोमिटर सडक कालोपत्रे, ४ सय किलोमिटर सडक स्त्तरोन्नती, शिक्षाका हकमा सामुदायिक बिद्यालयमा अंग्रेजी शिक्षा र स्थानिय पाठयक्रमको सुरुवात, कृषिमा सिँचाईको, बिउबिजन र कृषि औजार अनुदानमा उपलब्ध, स्वास्थ्य क्षेत्रलाई थप सुदृढीकरण बनाउन १५ सैयाको अस्पताल लगायतका सबै क्षेत्रको समानुपातिक विकास गरेको उल्लेख गरे ।
त्यस्तै अघिल्लो चु्नावी एजेण्डामा सुकुम्बासीका हकमा कुनै पहल नगरेको भन्ने मतदाताहरुमा भ्रम फैलाएको प्रति आफ्नो ठुलो आपत्ति रहेको बताए ।
उनले भने मैले पहल नगरेको भन्ने गलत हो । पुनर्वासमा मात्रै सुकुम्बासी समस्याको समाधान नभएको हैन, स्थानिय तहलाई अधिकार नआउँदा पुरै नेपालमै यो समस्या अस्थिर बन्न पुगेको हो ।
पुनर्वासमा सुकुम्बासीहरुको लगत संकलन गरी डाटा ईन्ट्रि गर्दै अस्थायी निस्सा नगरले वितरण गरेको र आयोग गठनमा भएकोे ढिलाईले पुर्जा वितरण रोकिएको उनको भनाई छ ।