Above Article Ad
  • पुनर्वास पुगेर सुकुम्बासी समस्या समाधानका विषयमा के भन्छन् भुमि आयोगका केन्द्रिय अध्यक्ष निरौला ?

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका पुगेका भुमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले चुनावी नतिजा पछि लगत्तै सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको कामलाई तिव्रता दिने बताउनुभएको छ ।

    मंगलबार पुनर्वास–२ स्थित शहिद भवनमा आयोजित अन्तक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्ष निरौलाले सुकुम्बासी समस्या समाधान आयोग गठनमा कम्युनिष्ट सरकारको ढिलासुस्तीका कारण पुर्जा वितरणमा ढिलाई हुन पुगेको बताउनुभएको हो ।

    Article inline ad #1
  • अध्यक्ष निरौलाले कार्यक्रममा बोल्नुहँुदै २०७४ सालमा गठबन्धनको सरकार बन्यो । तिन वर्ष सम्म एमालेको गठबन्धन सरकारले आयोग गठन गर्न सकेन । उनीहरुलाई चिन्ता र चासो भए सुकुम्बासी समस्या सरकार बनेको एक वर्षमै समाधान हुन्थ्यो । तर त्यो सरकार जनतामुखी देखिएन भ्रष्टचार कसरी गर्ने भन्ने तर्फ बढि केन्द्रित रह्योे ।

    Article inline ad #2

    “अब नेपाली काँग्रेसकै कार्यकालमा सुकुम्बासीले पुर्जा पाउछन् त्यसमा कुनै दुई मत छैन् ।” उँहाले भन्नुभयो, “सुकुम्बासी समस्या समाधान गर्ने पालिकामा पुनर्वास कञ्चनपुरमै पहिलो पालिका हुन्छ ।”

    मेयर र उपमेयर पदका उम्मेदवारको आतिथ्य रहेको कार्यक्रममा नेपाली काँग्रेस पुनर्वासका सभापति शुकबहादुर तामाङको सभाध्यक्ष रहेको थियो भने कार्यक्रम सञ्चालन केन्द्रिय महाधिवेशन प्रतिनिधि मदन उपाध्यायले गर्नुभएको थियो ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button