Above Article Ad
  • पुनर्वास–५ मा राप्रपाका वडाध्यक्ष उम्मेदवार थापाले सार्वजनिक गरे चुनावी घोषणापत्र

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि राप्रपाबाट पुनर्वास नगरपालिका–५ मा वडाध्यक्षको उम्मेदवारी दिएका किसन थापाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

    आईतबार उम्मेदवार थापाले वडाका विकासका लागि पाँच वर्षको अन्तरालमा गर्ने आफ्ना १२ बुँदा सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

    Article inline ad #1
  • उक्त घोषणा पत्रमा यी हुन् उल्लेख गरिएका बुँदाहरु ः

    Article inline ad #2

    १). आफ्नो वडामा भएका कमी कमजोरी विश्लेषण गर्ने र हटाउने
    २).सर्वप्रथम युणस्तरीय शिक्षा स्वास्थ्य आफ्नो वडामा निःशुल्क व्यवस्थ ागर्ने
    ३). कृषकका समस्या र उनका माग प्रति पुर्ण जिम्मेवारी रहने ।
    ४). सकेसम्म योग्य दक्ष व्यक्तिलाई वडा भित्रै नभए , नगर भित्रैबाट वडा र नगरमा निष्पक्ष र प्रतिस्पर्धात्मक अवसर दिने ।
    ५). आफ्ना वडामा रहेका सिमित विद्यालय संस्थाहरुलाई उनीहरुको जिम्मेवारी भित्र रहि पहल गर्ने र ध्यानाकर्षण गर्ने
    ६). वडा भित्र आएको बजेट र बनाएका योजना तोकिएको मिति भित्र सम्पन्न भर्ने
    ७). वडा भित्र लागुऔाध नियन्त्रण गर्ने प्रथम भुमिका,
    ८). आर्थिक नैतिकबाट पिछडीएका अथवा गुनासो नसुनिएको व्यक्ति परिवारका गुनासो समस्या प्रति पुर्ण जिम्मेवार सहित गुनासो सुनुवाई गर्ने
    ९). वडा भित्र आउने सेवाग्राहीलाई कुनै किसिमको दुःख, कष्ट बाधा हुन नदिने
    १०). भात खाने खेतलाई प्लटिङ ÷ ईट्टा भट्टालाई माटो दिने कार्यलाई तत्काल रोक्ने
    ११). आफ्नो समय र जिम्मेवारी समाज निर्माण, विकास योजनामा लगाउने
    १२). मैलो मेरा जिवनको अन्तिम पल सम्म ईमान्दारीको रोटी खाने कोशिस गर्नेछु ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by