
गठबन्धन दलबाट मेयर पदका उम्मेदवार जिवनराज थापाले बितेको पाँच वर्षे कार्यकालमा के–के गरे ?
हरिलाल जोशी
पुनर्वास – २०७४ सालको स्थानिय तह निर्वाचनमा नगर प्रमुख पदमा निर्वाचित भएपछि जिवनराज थापाले थुप्रै विकास निर्माणका कार्यहरु भएका छन् ।
उनका आलोचकहरुले बितेका पाँच वर्षे कार्यकालमा नगरमा केहि नगरेका भ्रामक सुचना फैलाएपनि नगरपालिकाको तथ्यांक अनुसार थुप्रै विकासे योजनाले गति लिएको र केहि योजनाहरु निर्माणधिन अवस्थामा रहेको देखिन्छ ।
सडकको सन्दर्भमा हेर्दा निगर भित्रका ४० किलोमिटर सडक कालोपत्रे र ४ सय किलोमिटर सडक स्त्तरोन्नती भएको छ ।
भौतिक संरचनाको हकमा निर्वाचित भए लगत्तै नगरपालिकाको आफ्नै प्रशासकिय भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह र ७ वडामा आफ्नै वडा कार्यालय भवन निर्माण गरी सेवा प्रवाह थप अर्को प्रशासकिय भवन निर्माणधिन
त्यस्तै ७० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाई सुविधा, पुनर्वास मासु र दुधमा आत्मनिर्भर तर्फ उन्मुख अनलाईन मार्फत कर राजश्व बुझाउन मिल्ने व्यवस्था, नगरपालिकाको डिजिटल प्रोफाईल निर्माण , ९५ प्रतिशत घरधुरीमा बिद्युत सेवा बिस्तार, ११ वटा वडामा वडा स्वास्थ्य केन्द्र स्थापना, हलिया मुक्तिहरुका लागि आवास निर्माण, २ सय घरधुरीमा खरको छानो हटाई टिनको छानो निर्माण, गुणस्तरीय शिक्षा प्रदान र नियमनका लागि सबै सामुदायिक बिद्यालयमा सिसिटिभि क्यामेरा जडान, एक्सरे सेवा र आँखा उपचार केन्द्र स्थापना, साविकका गाबिसहरुमा पशुसेवा कार्यालय स्थापना र सञ्चालनमा आएका छन् ।
- कार्यकालमा के रहे त अधुरा काम ?
– नगरको रिङ रोड र लोकतान्त्रिक सडकको गुरुयोजना निर्माण गरी प्रदेश सरकारमा पेश भई निर्माणको सुचना प्रकाशन भएको
– कोल्ड स्टोर र रंगशालाको गुरुयोजना निर्माण
– टाउन र आईबीआरडीमा ढल निर्माण कार्यको सुरुवात , सपन्न हुन बाकी
– श्री निवास दिव्य धामका लागि बिस्तृत गुरुयोजना निर्माणको लागि सम्झौता भएको
– समग्र कृषि विकासका लागि एशियाली विकास बैंकसँग सम्झौता भएको
– १५ सैयाको अस्पताल निर्माण कार्य सुरु भएको
– फोहोर मैला व्यवस्थापनको बिस्तृत गुरुयाृेजना निर्माण
-डम्पिङ साईडको डिपिआर सम्पन्न