
राजश्व अनुसन्धानको टोली आएपछि पुनर्वासका पसलमा “सटर डाउन”
Above Article Content Ad
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाको बजारमा राजश्व अनुसन्धानको टोली आएको खबरपछि बजारका अधिकांश पसल सटर डाउन भएका छन् ।
शनिबार पुनर्वासको एक वाईन सपमा राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाकेको टोली चेकजाँचका लागि पुगेपछि पुनर्वासको आई.बी.आर.डी. लगायतका बजारहरुका अधिकांश पसल सटर डाउन भएका हुन् ।
Article inline ad #1
चेकजाँचको हल्ला फैलिएपछि आई.बी.आर.डी. बजारका किराना,भाडा पसल, कपडा/ फैन्सी पसल र हार्डवेयर लगायतका पसलहरु दिनभर बन्द देखिएका थिए ।
Article inline ad #2
पुनर्वासका बजारहरुमा दिनदहाडै दैनिकै खुलेयाम भारतीय बजारबाट राजश्व छलिका सामानहरु पर्याप्त मात्रामा आउँने गरेको स्थानीयको भनाई छ ।
पुनर्वासका बजारमा अनुगमन हुन थालेपछि प्रायः पसलहरु बन्द हुने गर्छन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
2
+1
1
+1
2
+1
Below Article Content Ad