
कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न
पुनर्वास–कंचनपुर पुनर्वास नगरपालिका–३ मा रहेको कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष सुकबहादुर तामाङको सभापतित्वमा सम्पन्न सभामा पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी,विशिष्ट अतिथिका रूपमा संस्थापक अध्यक्ष दीपबहादुर लामा (डी.बी.) सहभागी रहनुभएको थियो । भने अथिीहरुमा बुद्धिजीवी समाजसेवि चमेली तामाङ शुभेच्छा पशुपालन सहकारी संस्थाका अध्यक्ष पदम शर्मा, नगरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धोखे राना, दलित बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राज कुमार रायमाझी लगायतका व्यक्तित्वहरु आसिन रहनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी वडाध्यक्ष तामाङले सहकारीको उन्नति प्रगतिको शुभकामना दिँदै सहकारीलाई बढाउन शेयर सदस्यहरुले बचतको मात्रा बढाउनुपर्नेमा जोड दिनुभयो । खराब शेयर सदस्यका कारण धेरै सहकारी बर्बाद भएका छन् । ऋण लगेपछि समयमा तिर्नसके सहकारी पनि फस्टाउन सक्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सहकारी सस्थको आर्थिक वर्ष २०८०÷२०८१ सम्म कुल बैंक मौज्दात ८ करोड ७९ लाख ५३ हजार ४ सय रहेको संस्थाको वार्षिक आयव्यय २ करोड १५ लाख ८४ हजार ६४ रुपैयाँ कारोबार भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको थियो । सहकारीले आगामी आर्थिक वर्षमा कृषि सम्बन्धि कार्यक्रम र सहकारी शिक्षा तालीमहरु स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारसँग समन्वय गरि व्यापक रूपमा संचालन गर्ने लक्ष्य राखेको जनाएको छ ।
संस्थामा आबद्ध कृषि सम्बन्धि काम गर्ने शेयर सदस्य किसानहरुलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलयबाट ५० प्रतिशात अनुदान कृषि सामग्री र पानी नहुने ठाउँमा समरसेलको व्यवस्था मिलाउन संचालन समितिबाट निर्णय गरि पठाएको संस्थाका अध्यक्ष शुकबहादुर तामाङले जानकारी दिनुभयो । असल ऋण कर्ता र जेष्ठ नागरिक बचतकर्ता, सुत्केरी बचतकर्ता लाई न्यानो लुगा, दोसल्ला ओढाई प्रशासा पत्र सहित सम्मानित गरिएको थियो ।
८ सय ५०जना शेयर सदस्यहरु आबद्ध रहेको यस सहकारीको सो वार्षिक समारोहमा स्वागत मन्तव्य सहकारीका सचिव राजबहादुर चौधरीले व्यक्त गर्नुभएको थियो । भने कार्यक्रम सञ्चालन सहकारीकी व्यवस्थापक यसोदा बडुले गर्नुभएको थियो।