
पुनर्वास–६ मा एमालेबाट मित्र सिँह लामाको उम्मेदवारी दर्ता
पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा नेकपा एमालेका तर्फबाट युवा नेता मित्र सिँह लामाले उम्मेदवारी दर्ता गरेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय पुनर्वासमा लामाले वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
वि.सं. २०५३ सालमा नेकपा एमालेको संगठित सदस्य लिई राजनितिमा होमिएका वडाध्यक्षका उम्मेदवार लामा निरन्तर पार्टीको निति, सिद्धान्त र पद्धतीमा रहेका एक शिक्षित युवा नेताको रुपमा चिनिन्छन् । समाजका लागि केहि गर्छु भन्ने अठोटका साथ अघि बढेका युवा नेता लामा वडाबासीको मतले सफलता पाउने कुरामा ढुक्क छन् ।
उक्त वडामा यस अघि नेकपा एमालेका मनबहादुर गुरुङ एक सदस्य बाहेक पुरै प्यानल बिजयी भएका थिए । अहिले गुरुङलाई पार्टीले टिकट नदिएपछि उनले टिम सहित स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।