Above Article Ad
  • पुनर्वासमा नागरिक आरोग्य सेवा केन्द्र तथा नागरिक आरोग्य अभियान सन्चालन

    Above Article Content Ad
  • केशब भट्टराई, पुनर्वास । कंचनपुरको पुनर्वास नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र तथा नागरिक आरोग्य अभियान सन्चालन भएको छ। महाकाली आयुर्वेद औषधालय कंचनपुरको आयोजनामा अभियान सन्चालन गरिएको हो ।

    पुनर्वासको त्रिभुवन स्वास्थ्य चौकीमा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । त्यहाँबाट स्थानीय तथा सेवाग्राहीहरुले विभिन्न प्रकारका सेवा लिन सक्ने नागरिक आरोग्य सेवा केन्द्र पुनर्वासको प्रमुख बसन्ती जोशिले बताउनु भयो । बिशेषगरी सो केन्द्रबाट, पन्चाकर्मा, पुर्ब कर्मा लगायत विभिन्न २३ वटा रोगको औषधी पाउने गरेको उहाँले बताउनुभयो ।

    Article inline ad #1
  • कार्यक्रममा बोल्दै पुनर्वास ५ का वडा अध्यक्ष पदम बहादुर रोकायाले नागरिक आरोग्य सेवा केन्द्रले जनातालाई सुबिधा दिएको बताउनुभयो । उहाँले अरु सुबिधा थप गर्दै अझै राम्रो संग सेवा संचालन गर्न समेत आग्रह गर्नुभयो ।

    Article inline ad #2

    यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शार्माले सेवा केन्द्रबाट आफू पनि लाभान्वित भएको बताउनु भयो । उहाले सेवा केन्द्र संचालनका लागि आवस्यक बजेट बिनियोजनमा आफुले चासो रखेको बताउनुभयो । सेवा केन्द्रबाट स्थानीयलाई दिने सुबिधा थप गर्दै प्रचार-प्रसारमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

    यस्तै कार्यक्रममा महाकाली आयुर्वेद औषधालयका आयुर्वेद चिकित्सक डा. ओम प्रकाश कलौनीले अब देखि वडामार्फत कार्यक्रमलाई लैजान आफुहरु तयार रहेको र सो कामका लागि पालिकाको सहयोग आवश्यक रहेको बताउनु भयो । अहिले सिमित सेवा मार्फत आरोग्य केन्द्र संचालित रहेपनी आगामी बर्षबाट सेवा बिस्तार संगै पालिकालाई नै हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button