
लक्ष्मी लघुवित्त पुनर्वासद्वारा मृत्युदाबी भुक्तानी
Above Article Content Ad
पुनर्वास–कञ्चनपुरको पुनर्वासमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएकी सदस्यको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ ।
मंगलबार संस्थाले पुनर्वास नगरपालिका–४ की मृतक सदस्य सरस्वती खतिवडाका श्रीमान नेत्रप्रसाद खतिवडालाई ३ लाख २५ हजार रकमको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै पुनर्वास–४ का वडाध्यक्ष मनोज जैशीले समाजमा लघुवित्तहरुका विषयमा गलत प्रचार भईरहेपनि वास्तवमा यस्ता संस्थाहरुले समुदाय स्तरमा धेरै सहुलियत पु¥याउँदै आएको बताए ।
अध्यक्ष जैशीले मृतक परिवारको घरसम्म पुगेर सहयोग रकम हस्तान्तरण गरेकोमा संस्थाप्रति धन्यवाद दिएका थिए ।
सो संस्थाको पुनर्वास शाखामा आवद्ध १२ जना सदस्यको मृत्यु भएको र ३२ लाख रकम भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक सागर जिसिले जानकारी दिए ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad