Above Article Ad
  • पुनर्वासमा ६६ जना उद्यमी कृषकहरुलाई नगरपालिकाको सपोर्ट

    Above Article Content Ad
  • पुनर्वास- लामो समय देखि कृषि र पशुपालन क्षेत्रमा सक्रिय उद्यमीहरुलाई नगरपालिकाले सपोर्ट गरेको छ ।

    पुनर्वास नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र निड्स नेपालद्वारा पुनर्बास नगरपालिकामा संचालन भईरहेको कृषि र पशु विकासमा आधारित सानाकिसान तथा युवा उधमशिलता कार्यक्रम अन्तर्गत आज ६६ जना उद्यमी कृषकहरुलाई नगरपालिकाले सपोर्ट गरेको हो ।

    Article inline ad #1
  • पुनर्वास नगरपालिका वडा नम्बर २, ५, ७ र ११ मा गठित तरकारी समुहका  ५० जना महिला कृषक सदस्यहरुलाई बेमौसमी तरकारी खेति प्रवर्द्धनका लागि प्लास्टिक टनेल, मुल्चिंग लगायतका सामग्री तथा सोहि समुहहरुका १६ जना महिला कृषक सदस्यहरुलाई सिचाईको लागि समर सिबल, पानी तान्ने मोटर  वितरण गरिएको थियो  ।

    Article inline ad #2

    सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख तोय प्रसाद शर्माले क्रार्यक्रमबाट लाभान्वित भएका महिला कृषकहरुको आयआर्जनमा वृद्धि हुनुका साथै आत्मनिर्भर बनाउनमा यसले निकै ठूलो टेवा पुग्ने विश्वास गरिएको बताए ।

    पुनर्वास नगरपालिकाका  नगर प्रमुख  तोय प्रसाद शर्माको सभाध्यक्ष रहेको सामाग्री  वितरण कार्यक्रममा नगर उपप्रमुख भुलिया कुमारी राना, वडाध्यक्षहरु डम्बर थापा,पदम बहादुर रोकाया,मुलचन्द राना तुलसी अर्याल,  नगरपालिकाका योजना शाखा प्रमुख नवराज सापकोटा , कृषि शाखाका कर्मचारी, निड्स नेपालका अध्यक्ष दुर्गा देवि खरेल र हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत उपस्थित थिए |

    कार्यक्रम पुनर्वास नगरपालिका कार्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6