Above Article Ad
  • आजबाट पुनर्वास नगरपालिकाका वडा, स्वास्थ्य र पशु कार्यालयका सेवा सुरु

    Above Article Content Ad
  • कञ्चनपुरको पुनर्वास नगरपालिकाले वडा कार्यालयहरू, स्वास्थ्य केन्द्र र पशु सेवा केन्द्रका कार्यालय बाट दिइने सेवालाई आजबाट सुरु गर्ने भएको छ।

    सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकामा तोडफोड अवस्थामा रहेका शब वाहन, दमकल,शब चिस्यान केन्द्र प्रयोगमा ल्याईने र वडा कार्यालय,स्वास्थ्य केन्द्र, पशु सेवालाईप्रवाह गरिने सेवालाई आज (मंगलबार)बाट सुचारु गरिने जानकारी दिएको हो ।

    Article inline ad #1
  • भदौ २४ गते भएको जेन-जी आन्दोलनका नाममा केही अराजक युवा समूहहरूबाट कार्यालय र सवारी साधनमाथि आगजानीसँगै तोडफोड भएपछि  पुनर्वास नगरपालिकामा ठूलो क्षति हुन पुगेको थियो ।

    Article inline ad #2

    जनप्रतिनिधि र कर्मचारीको  संयुक्त प्रयासबाट नगरपालिकाको सेवा  प्रवाहलाई सहज बनाउन थालिए पनि नगरपालिकाबाट प्रदान गरिने सेवा अझै केही समय लाग्ने बुझिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by