Above Article Ad
  • एनआईसी एसिया र ईन्फिनिटी लघुवित्त बेलौरी कार्यालयमा तोडफोेड गर्ने १४ जना प्रहरी फन्दामा

    Above Article Content Ad
  • बेलौरी–कञ्चनपुरको बेलौरीमा रहेको एनआईसी एसिया र ईन्फिनिटी लघुवित्त संस्थामा तोडफोड भएको छ ।
    आज (बिहिबार) दिउँसोको समयमा कार्यालयमा आएर तोडफोड र कागजात नियन्त्रणमा लिने लघुवित्त संघर्ष समितिका १४ जना प्रहरीको फन्दामा परेका हुन् ।

    एनआईसी एसिया शाखा बेलौरीका शाखा प्रबन्धक विपना जोशीले सो समुहले एक्कासी कार्यालयमा प्रवेश गरी केवाईसी र कर्जाका करिब ९० भन्दा बढि फाईल नियन्त्रणमा लिएको र कम्प्युटर पनि नियन्त्रण लिने प्रयास गरेको बताउनुभयो ।
    एनआईसी एशिया र ईन्फिनिटी लघुवित्तबाट पनि सदस्यहरुका लालपुर्जा सहितको फाईल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीबाट बुझिएको छ ।
    नियन्त्रणमा लिएका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको जानकारी दिनुभयो ।  यस अघि एनआईसी एसियाकै पुनर्वास शाखामा पनि संघर्ष समितिकै एक समुहले गुण्डागर्दी शैलीमा कागजात नियन्त्रणमा लिएको थियो ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6